विश्वकपमा जर्मनी र स्पेन एकै समूहमा

Read Time:2 मिनेट

यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा विश्वफुटबलका दुई पावरहाउस टिम जर्मनी र स्पेन एकै समूहमा परेका छन्। शुक्रबार राति कतारको दोहामा भव्य कार्यक्रमबीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो ।

समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् भने अन्तर महादेशीय प्लेअफबाट कोस्टारिका र न्युजिल्याण्ड मध्ये एक टिम पनि यही समूहमा रहेन छ।

सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ ।

लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।

क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् ।

विश्व नम्बर एक ब्राजिलसहित स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन समूह ‘जी’ मा रहेको छ भने आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् ।

यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, ९वेल्सरयुक्रेनरस्कटल्याण्ड० छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् ।

कुन समूहमा कुन राष्ट्र ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, ९वेल्सरयुक्रेनरस्कटल्याण्ड०

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, ९युएईरअष्ट्रेलियारपेरु०

समूह ई – स्पेन, जर्मनी, जापान, ९कोस्टारिकारन्युजिल्याण्ड०

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पुलिसलाई हराउँदै मनाङले जित्यो दमक गोल्डकप
Next post दीपेन्द्रको कीर्तिमानी शनकमा नेपाल फाइनलमा
Close