विश्वकप छनोट : स्वीडेनसँग हार्‍यो स्पेन, बेल्जियम र जर्मनीको सहज जित

कतार विश्वकपको युरोपियन छनोटमा स्पेन पराजित भएको छ । बिहीबार राति भएको खेलमा स्पेन स्वीडेनसँग २–१ले पराजित भएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनका लागि अलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरेका थिए भने स्पेनका कार्लोस सोलेरले गोल गरेका थिए।

खेलमा अग्रत स्पेनले लियो । चौथो मिनेटमै डेब्यू खेलाडी सोलेरले गोल गरेका थिए । उनले जोर्डील्बाको पासमा गोल गरेका थिए। तर, त्यसको ६२ सेकेन्डमै स्वीडनेले खेललाई बराबरीमा ल्यायो । पाँचौं मिनेटमा स्पेनका डिफेन्डरको गल्तीको फाइदा उडाउँदै इसाकले गोल गरेका थिए।

त्यसपछि क्लाइसनले ५७औं मिनेटमा गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । उनले डेजन कुलुसेस्कीको उत्कृष्ट पासमा गोल गरेका थिए। त्यसपछि खेलमा गोल नहुँदा स्वीडेन विजयी भयो।
विश्वकप छनोटका समूह बीमा लागातार तेस्रो जितसहित स्वीडेन शीर्ष स्थानमा उक्लिएको छ । उसको ९ अंक छ । ४ खेलमा ७ अंक जोडेको स्पने दोस्रो स्थानमा छ । यो समूहमा कोसोभो, ग्रिस र जर्जिया पनि छन् ।

यसैगरी बिहीबार राति नै भएका अन्य खेलमा बेल्जियम र जर्मनीले सहज जित निकालेका छन्। बेल्जियमले इटोनियामाथि ५–२को जित निकाल्यो भने जर्मनीले लिच्टेस्टेइनमाथि २–०को जित निकाल्यो।

बेलिज्यमको जितमा रोमेलु लुकाकुले २ गोल गर्दा हान्स वानकेन, थोमस फोकेट र एलेक्स विट्सेलले गोल गरे भने इस्टोनियाका म्याटिस काइट र इरिक सोर्गाले गोल गरेका थिए । जर्मनीको जितमा टिमो वार्नर र लिरोए सानेले गोल गरेका थिए।

Facebook Comments Box