विश्वकप छनोटमा इटाली र फ्रान्स विजयी

इटालीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई पराजित गरेको हो।

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटालीले २–० गोलअन्तरले पराजित गरेको हो। इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इम्मोबिलले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।

खेलको ४७ औं मिनेटमा स्टेफानोले गोल गर्दै इटालीलाई दोस्रो हाफको सुरुमै अग्रता दिलाए। खेलको अतिरिक्त समयमा इम्मोबिलले पेनाल्टीबाट गोल गर्दै इटालीलाई २–० गोलको जित दिलाए।

यसैगरी विश्व विजेता फ्रान्सले विश्वकपको युरोपियन छनोट फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनालाई पराजित गरेको हो।

समूह ‘डी’ मा रहेको फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनालाई उसैको मैदानमा १–० गोलले पराजित गरेको हो। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–० को जित दिलाए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.