उत्तरी मेसेडोनियासँग हार्‍यो जर्मनी

युरोपेली विश्वकप छनोटमा बुधबार चार पल्टको विजेता जर्मनीलाई पराजित भएको छ । विश्वकपको युरोपियन छनोट अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी उत्तरी मेसेडोनियाले २–१ ले स्तब्ध भएको हो ।

उत्तरी मेसेडोनियाको जितमा गोरान पान्डेभ र एल्जिभ एल्मासले गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इल्के गुन्डोगानले गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा पाण्डेभले गोल गर्दै मेसेडोनियालाई सुरुवाती अग्रता दिलाए। ६३औं मिनेटमा गुन्डोगानले पोनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८५औं मिनेटमा एल्मसले गोल गर्दै जर्मनीलाई स्तब्ध बनाए ।

जर्मनीको ३ खेलमा ६ अंक रहेको छ। त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ। अब जर्मनीले विश्वकप छनौट अन्तर्गतको चौथो खेल आगामी सेप्टेम्बर ३ मा लिचटेनटैनविरुद्ध खेल्ने छ। यो समूहमा अर्मेनिया शीर्ष स्थानमा छ र उसले रोमानियालाई ३–२ ले हरायो ।

विश्वकप छनाेटकै अन्य खेलमा स्पेनले कोसोभोलाई ३–१, इटालीले लिथुवानियालाई २–० इंग्ल्यान्डले पोल्यान्डलाई २–१ ले हरायो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.