विश्वकप छनोटमा पोर्चुगल र बेल्जियम रोकिए

विश्वकप फुटबलको युरोपियन छनोटमा पोर्चुगल र बेल्जियम रोकिएका छन् । शनिबार राति भएको छुट्टाछुट्टै खेलमा पोर्चुगल सर्बियासँग २–२ गोलको बराबरीमा रोकिँदा बेल्जियम चेक रिपब्लिकसँग १–१गोलको बराबरीमा रोकियो।

शनिबार राति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल सर्वियासँग अंक बाँड्न बाध्य भयो। रेड स्टार रंगशालामा सर्वियाविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाए पनि पोर्चुगलले जित निकाल्न सकेन। पोर्चुगलका लागि डियागो जोटाले दुई गोल गरे। यता, सर्वियाका लागि एलेक्सजेन्डर मिट्रोभिच र फिलिप कोस्टिचले गोल गरे।

खेलको ११ औं मिनेटमा जोताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। ३६ औं मिनेटमा उनले अर्को गोल गरेपछि पोर्चुगल पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो। दोस्रो हाफमा सर्वियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो। खेलको ४६ औं मिनेटमा एलेक्सजेन्डर र ६० औं मिनेटमा फिलिपले गोल गर्दै सर्वियालाई २–२ गोलको बराबरी दिलाए।

शनिबार राति नै भएको अर्को खेलमा बेल्जियम चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको छ। चेक रिपब्लिकको मैदानमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो ।

खेलको ६० औं मिनेटमा लुकाकुले गोल गरेका थिए। त्यसअघि खेलको ५० औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोभोडले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।

त्यस्तै, समूह इ’ को बेल्जियमले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको छ। रसियाले स्लोभेनियालाई २–१, क्रोसियाले साइप्रसलाई १–०, टर्कीले नर्वेलाई ३–०, लक्जमवर्गले आयरल्यान्डलाई १–०, बेलारुसले इस्टोनियालाई ४–२, मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१, नेदरल्यान्ड्सले लात्भियालाई २–० तथा स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेलेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.