विश्वकप युरोप छनोट : नर्वेको सहज जित, हार्‍यो नदरल्यान्ड्स

सन् २०२२ फिफा विश्वकपको युरोपियन छनोटअन्तर्गत बुधबार राति भएका खेलमा नर्वेले सहज जित निकाल्दै नदरल्यान्ड्स पराजित भएको छ। नर्वेले जिब्राल्टरमाथि ३–०को सहज जित निकाल्दा नेदरल्यान्ड्स अप्रत्यासित रुपमा टर्कीसँग ४–२ले पराजित भयो।

विश्वकप छनोटमा नर्वेलाई विजयी सुरुआत दिलाउने क्रममा एलेक्जेन्डर सोर्लोथ, क्रिस्टियन थ्रोस्टभेट र जोनस सेभेन्सनले एक गोल गरे।

४३औं मिनेटमा सोर्लोथको गोलमा नर्वेले सुरुआती अग्रता लियो। ४५ औं मिनेटमा थ्रोस्टभेटले गोल गर्दै नर्वेलाई पहिलो हाफमा २–०को अग्रता दिलाए । ५७ मिनेटमा सेभेन्सनले गोल गरेपछि नर्वोले समूह जीमा ३–०को सहज जित निकाल्यो ।

विश्वकप युरोपियन छनोटकै अर्को खेलमा नेदरल्यान्ड्स अप्रत्यासित रुपमा टर्कीसँग ४–२ले पराजित भयो । टर्कीको जितमा बुराक यिलमजले ह्याट्रिक गरे भने हाकन चाल्हनोल्हुले अर्को गोल गरे । नेदरल्यान्ड्सका डेभी क्लासेन र लुक डी योङले गोल फर्काए ।

१५औं मिनेटमा यिलमजले गोल गर्दै टर्कीलाई अग्रता दिलाए । ३४औं मिनेटमा यिलमजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा टर्कीको अग्रता २–० को लियो। पहिलो हाफ २–० मै सकियो।

दोस्रो हाफको पहिलो मिनेटमै चाल्हनोल्हुले गोल गर्दै टर्कीलाई ३–०को अग्रता दिलाए । ७५औं मिनेटमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काउने प्रयास गरे । ७७औं मिनेटमा डि योङले गोल गरेपछि नेदरल्यान्ड्सले खेललाई ३–२ को अवस्थामा ल्यायो। तर, खेलको ८१ औं मिनेटमा यिलमजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे भने टर्कीलाई ४–२ को जित दिलाए ।

इन्जुरी समयमा नेदरल्यान्ड्स मेम्फिस डीपेले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै समूह जीको टर्कीले ३ अंक जोडेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.