विश्वकप छनोटः जर्मनी, स्पेन र बेल्जियम विजयी

विश्वकपअन्तर्गतको युरोपियन छनोटमा जर्मनी विजयी भएको छ। बुधबार राति भएको खेलमा जर्मनीले आइसल्यान्डमाथि ४–० को सहज जित निकाल्यो। जर्मनीका लागि सर्गी ष्नाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले गोल गरे।

चौथो मिनेटमा नै गनाब्रीको गोलमा जर्मनीले अग्रता लियो। २४औं मिनेटमा रुडिगरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । ५६औं मिनेटमा साने र ८९औं टिमो वेर्नरले गोल गरेपछि जर्मनीले ४–० को सहज जित निकाल्यो।

यसैगरी बुधबार राति नै भएको अर्को खेलमा स्पेन पनि विजयी भयो। पाब्लो फोर्नलस र फेरान टोरेसले गोल गरेपछि स्पेनले कोसोभोलाई २–० ले हरायो।

३२ औं मिनेटमा फोर्नालसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। इंग्लिस क्लब वेस्टह्यामका फोर्नालसको यो डेब्यू खेल हो। ८८औं मिनेटमा म्यान्चेष्टर सिटीका फेरान टोरेसले स्पेनको अग्रतालाई दोब्बर बनाए।

यस्ते, बेल्जियमले बेलारुसलाई १–०ले हराएको छ। बेल्जियमको जितमा डेनिस प्राटले निर्णायक गोल गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । यस्तै, इंग्ल्यान्ड र वेल्स भने बराबरीमा रोकिएका छन्। इंग्ल्यान्ड पोल्यान्डसँग १–१को बराबरीमा रोकिँदा वेल्स स्टोनियासँग गोलरहित बराबरीमा रोकियो।

Facebook Comments Box