विश्वकप छनोटः विपक्षीको पोस्टमा जर्मनी र पोल्डान्डको आधा दर्जन गोल, इटाली रोकियो

सन् २०२२को कतार विश्वकपको युरोपियन छनोटमा जर्मनी र पोल्यान्डले सानदार जित निकालेका छन्। आइतबार राति भएको खेलमा जर्मनीले अर्मेनियामाथि ६–०को जित निकाल्दा पोल्यान्डले सान मारिनोमाथि ७–१को जित निकाल्यो।

जर्मनीको जितमा सर्गी गनाब्रीले दुई गोल गरे भने मार्काे रिउस, टिमो वार्नर, जोनास होफमान र करिम एडियमीले समान एक गोल गरे। पहिलो हाफमा ४ गोल गरेकमो जर्मनीले दोस्रो हाफमा दुई गोल थपेको थियो।

खेलको छैटौ मिनेटमा गनाब्रीको गोलबाट जर्मनीले अग्रता लिएको थियो। उनले लियोन गोरेट्ज्काको पासमा गोल गरेका थिए। १५औं मिनेटमा मार्काे रिउसको पासमा गिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ३५औं मिनेटमा मार्काे रिउसले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए। ४५औं मिनेटमा वार्नरले गोल गर्दै जर्मनीलाई ४–० को स्थितिमा पुर्याएका थिए। त्यसपछि ५२औं मिनेटमा जोनास होफमान र इन्ज्युरी समयको पहिलो मिनेटमा एडिएमीले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए।

यसैगरी छनोटकै अर्को खेलमा पोल्यान्डले सान मारिनोमाथि ७–१को जित निकालेको छ। उसको जितमा एडम बुक्साले ह्याट्रिक गरे भने रोबर्ट लेवान्डोस्की २ गोल गरे । यस्तै, कारोल स्वीडेर्स्की र कारोल लिनेट्टीले पनि गोल गर्न भ्याए । सान मारिनोको निकोल नानीले सान्त्वना गोल गरेका थिए।

६७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका बुक्साले दोस्रो हाफको इन्जुरी समयको २ गोल गर्दै ह्याट्रिक गरेका थिए । यस्तै, लेवान्डोस्कीले ४ र २१औं मिनेटमा गोल गरेका थिए। भने स्वीडेर्स्कीले १६ र लिनेट्टीले ४४औं मिनेटमा गोल गरेका थिए।

यसैगरी विश्वकप छनोटकै अन्य खेलमा स्पेन र इंग्ल्यान्डले पनि सहज जित निकालेका छन्। आइतबार राति भएको खेलमा स्पेन र इंग्ल्यान्डसले समान ४–०को जित निकाले । इंग्ल्यान्डले एन्डोरालाई हराउँदा स्पेनले जर्जियालाई हरायो।

यस्तै, युरोपिनय च्याम्पियन इटाली भने फेरि बराबरीमा रोकिएको छ । मिडफिल्डर जर्गिन्होले पेनाल्टीमा गोल गर्न नसकेपछि इटाली स्वीट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो। विश्वकप छनोटमा इटालीको यो लगतार दोस्रो बराबरी हो । यसअघि उ बुल्गेरियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

Facebook Comments Box