आत्मघाती गोलमा पोर्चुगल विजयी, क्रोएसिया स्लोभानियासँग पराजित

सन् २०२२ को कतार विश्वकपमको युरोपियन छनोटमा पोर्चुगलले विजयी सुरुवात गर्दा अघिल्लो विश्वकपको फाइनलिस्ट क्रोएसिया भने पराजित भयो। युरोपियन छनोट अन्तर्गत बुधबार राति भएको खेलमा आत्मघाती गोल मद्दतमा पोर्चुगलले अजरबैजानमाथि १–०को जित निकाल्दा क्रोएसिया स्लोभानियासँग १–०ले नै पराजित भयो।

बधुबार राति युभेन्ट्सको घरेलु मैदान टुरिनमा भएको खेलमा ३६ औं मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो । त्यसपछि खेलमा कुनै गोल नहुँदा पोर्चुगल विजयी भयो ।

विश्वकप छनोटको समूह एमा पोर्चुगलसँगै, सर्बिया, लक्जेम्बर्ग, आयरल्यान्ड र अजरबैजान छन्। यसै समूहको अर्को खेलमा सर्बियाले आयरल्यान्डलाई ३–२ ले हरायो।

यसैगरी अर्को खेलमा रसिया विश्वकपको फाइनलिस्ट क्रोएसिया स्लोभानियासँग १–०ले पराजित भयो । समूह एचअन्तर्गत बुधबार राति भएको खेलमा क्रोएसिया स्लोभानियासँग १–०ले पराजित भएको हो।

स्लोभानियालाई जित दिलाउन खेलको १५औं मिनेटमा सान्डी लोभ्रिचले निर्णायक गोल गरे । यसै समूहको अर्को खेलमा रुसले माल्टालाई ३–१ ले हरायो भने स्लोभाकियाले साइप्रससँग गोलरहित बराबरी खेले ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.