विश्वकपको युरोपियन छनोट : फ्रान्स र स्पेन विजयी

सन् २०२२ को कतार विश्वकपको युरोपिनय छनोटमा विश्वविजेता फ्रान्स र स्पेन विजयी भएका छन् । आइतबार राति भएको खेलमा फ्रान्सले काजकिस्तानलाई २–०ले हरायो भने स्पेनले जर्जियामाथि २–१को जित निकाल्यो । विश्वकप छनोटमा दुवै यो पहिलो जित हो।

छनोटको पहिलो खेलमा युक्रेनसँग १–१ गोलको बराबरी खेलेको फ्रान्सले पहिलो जित निकाल्ने क्रममा काजकिस्तानलाई २–० ले पराजित गरेको हो।

काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २(० को जित निकालेको हो। यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यसैसमूहमा भएको अर्को खेलमा युक्रेन र फिनल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। यस जितसँगै समूह ुडीु को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ। अंक विहीन काजकिस्तान पुछारमा रहेको छ ।

यसैगरी आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २(१ को पुनरागमन जित निकालेको छ। घरेलु मैदानमा खेलको ४४ औं मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा स्पेनले उत्कृष्ट पुनरागमन गर्दै जित २–१को जित निकाल्यो । ५६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा डानिअल ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए ।

इन्जुरी समयमा लिभानले रातो कार्ड पाएपछि जर्जिया १० खेलाडीमा समेटिएको थियो । विश्वकप छनौटमा स्पेनको यो पहिलो जित हो । पहिलो खेलमा स्पेनले बराबरी खेलेको थियो ।

यसै समूहमा रहेको स्वीडेनले कोसोभोलाई ३–० गोलले पराजित गरेको छ। आइतबार राति नै भएका अन्य खेलमा डेनमार्कले मोल्डोभालाई ८–० गोलले हराउँदा अस्ट्रियाले फारोइ आइसल्यान्डलाई ३–१ र इज्रायल र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.