विश्वकप युरोपियन छनोट : बेल्जियमले वेल्सलाई हरायो, रोकियो फ्रान्स

सन् २०२२को फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियमले विजयी सुरुआत गर्दा विश्वविजेता फ्रान्स रोकिएको छ । बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ले हराउँदा विश्व विजेता फ्रान्स भने युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

समूह ‘इ’ मा रहेको बेल्जियमको जितमा केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे। यता, वेल्सका लागि ह्यारी विल्सनले गोल गरे।

खेलको १० औं मिनेटमा ह्यारीले गोल गर्दै वेल्सलाई अग्रता दिलाए। तर, यो अग्रता वेल्सले कायमै राख्न नसक्दा हार ब्यहोरेको हो। खेलको २२ औं मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरी दिलाए। २८ औं मिनेटमा थोर्गनले गोल गर्दै पहिलो हाफसम्म बेल्जियमलाई २–१ गोलको अग्रता दिलाए।

७३ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट गोल गरेपछि बेल्जियमले ३–१ गोलको जित निकालेको हो। यही समूहमा भएको अर्को खेलमा चेक रिपब्लिकले इस्टोनियालाई ६–२ गोलअन्तरले पराजित गरेको छ।

यता, समूह डीमा रहेको विश्वविजेता फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको छ। १९औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, ५७औं मिनेटमा पर्सनल केम्पेम्बे आफ्ने पोस्टमा गोल गरेपछि फ्रान्स युक्रेनसँग अंक बाँड्न बाध्य भयो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.