विश्वकपको दक्षिण अमेरिकी छनोट अक्टोबरमा

कोरोना भाइरसका कारण रोकिएको कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट यही अक्टोबरदेखि सुरु हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल)ले कोरोनाका कारण रोकिएको दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट चरणका खेल अक्टोबरमा हुने जनाएको छ ।

फिफा अध्यक्ष जियानी एन्फान्टिनो सम्मिलित भिडियो कन्फ्रेन्सपछि कोन्माबोलले विश्वकपको दक्षिण अमेरिकी छनोट अक्टोबरमा गर्ने निर्णय गरेको हो । कन्फ्रेन्सका क्रममा कोन्मेबोलले छनोटका पहिलो चरणका खेल अक्टोबर ८ देखि १३ मा गर्ने बताएका थिए । फिफा अध्यक्ष इन्फान्टिनोले राष्ट्रहरुको सहमतिमा छनोट प्रतियोगिता सुरु गर्न सुझाव दिएको बताइएको छ ।

दक्षिण अमेरिकी छनोट चरणका खेलहरु यसअघि मार्चमा हुने तय भएपनि कोरोना महामारीका कारण स्थगित भएको थियो । छनोट चरणका खेलहरूको आयोजना गर्न कोन्मेबोलले सबै सदस्य राष्ट्रहरुलाई सुरक्षा रणनितिको गाईडलाईन दिइसकेको बताइएको छ ।

कोन्मेबोलमा १० सदस्य राष्ट्रहरु छन् । छनोट प्रतियोगितामा लिगका आधारमा हुने छ ।

छनोटको चरणको पहिलो खेलमा कालम्बियाले भेनेजुएलासँग खेल्नेछ भने उरुग्वेलले चिलीसँग खेल्नेछ । यस्तै, बोलिभियाले ब्राजिलको भ्रमण गर्नेछ भने पाराग्वेले पेरुलाई स्वागत गर्नेछ । इक्वेडरले अर्जेन्टिनाको भ्रमण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *