नेपाल र अस्ट्रेलियाबीचको खेल अन्याेलमा, न्युट्रल भेन्यूमा हुन सक्ने

विश्वकप छनोटअन्तर्गतको दशरथ रंगशालामा हुने भनिएको नेपाल र अस्ट्रेलियबीचको खेल अन्योलमा परेको छ। नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोटको खेल मार्च ३०का लागि तय थियो।

कोरोनाका कारण एएफसीले विश्वकप छनोटका खेलहरू एउटै भेन्यूमा गर्ने तयारी गरेकाले दशरथ रंगशालामा हुने नेपाल र अस्ट्रेलियाबीचको खेल अनिश्चित बनेको हो।

कोभिड–१९का कारण यात्राको प्रतिबन्ध र क्वारेन्टिनको नियमका कारण एएफसीले मार्च ३०का लागि तय भएको तालिका परिमार्जन गरेको छ । एएफसीले मंगलबार विश्वकप छनोटको तालिका परिमार्जन गरेको छ। नयाँ तालिका अनुसार मार्चमा विश्वकप छनोटका ३ खेल मात्र हुने छ। परिर्माजित तालिकामा नेपाल र अस्ट्रेलियाबीचको खेलका विषयमा केही उल्लेख छैन ।

एक समूहका खेल एउटै देशमा गर्ने एएफसीको योजना छ। नेपाल रहेको समूह बीका बाँकी खेल आयोजनाका अस्ट्रेलिया, जोर्डन र नेपालले दाबी प्रस्तुत गरेको बताइएको छ। पूर्वाधार र सुरक्षाका कारणले नेपालले समूह सबै खेल आयोजनाको जिम्मा पाउने सम्भावना कम छ। आयोजनाको दाबी गरेका तीनै देशमा खेल नुहने अवस्था आए न्यूट्रल भेन्यूमा खेल हुनेछ।

एएफसीले विश्वकप र एसियाकपको छनोट चरणका बाँकी खेलहरु आयोजना गर्न विभिन्न समूहमा रहेका आफ्ना सदस्यहरुलाई आवेदन दर्ता गर्न भनेको छ । ‘सेन्ट्रल भेन्यु’मा आयोजना गर्ने छनोट चरणका खेलहरु २०२१ मे ३१ देखि जुन १५ सम्म गरिने एएफसीले जनाएको छ।

समूह ‘बी’ मा नेपाल पाँच खेलमध्ये एउटा खेल मात्र जितेको छ। मा जित निकालेको छ । नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको थियो । अन्य चार खेलमा नेपाल अस्ट्रेलियासँग ४–०, जोर्डनसँग ३–०, कुवेतसँग ७–० र १–०ले पराजित भएको थियो।

समूहमा बीमा १२ अंक जोडेको अस्ट्रेलिया साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल ३ अंकसहित चौथो स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.