विश्वकप छनोट : रोनाल्डोविनाको पोर्चुगलको सहज जित, डिपेको ह्याट्रिकमा नेदरल्यान्ड्स विजयी

कतार विश्वकपको युरोपेली छनोटमा छनोटमा पोर्चुगलले सहज जित निकालेको छ। मंगलबार राति बाकुमा भएको खेलमा स्टार स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनान्डोविनाको पोर्चुगलले अजरबैजानमाथि ३–०को सहज जित निकाल्यो।

पोर्चुगलको जितमा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोडाले गोल गरे। पोर्चुगलले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

२६औं मिनेटमा बर्नार्डो सिल्भाको गोलमा पोर्चुगलले सुरुआती अग्रता लियो। ३१औं मिनेटमा आन्द्र सिल्भाले अग्रता दोब्बर बनाए । त्यसपछि जोटाले ७५औं मिनेटमा गोल गरेपछि पोर्चुगल ३–०ले विजयी भयो।

यसैगरी अर्को खेलमा मेम्फिस डिपेले ह्याट्रिक गरेपछि नेदरल्यान्ड्सले टर्कीमाथि सानदार जित निकालेको छ। घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा डच टोलीले १० खेलाडीमा समेटिएको टर्कीमाथि ६–१को फराकिलो जित निकालेको हो।

नेदरल्यान्ड्सका लागि बार्सिलोनाका स्ट्रइाकर डिपेले ह्याट्रिक गरे भने डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले समान एकरएक गोल गर्दा सेन्गुइज अन्डरले एक गोल फर्काए।

नदेरल्यान्ड्सले दुवै हाफमा समान ३ गोल गरेको थियो। पहिलो अन्तर्राष्ट्रिक ह्याट्रिक गर्ने क्रममा डिपेले १८, ३८ र ५४औं मिनेटमा गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा काग्लर सोयुन्कु दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टर्की पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो।

Facebook Comments Box