विश्वकप छनोट : ब्राजिल रोकिँदा अर्जेन्टिना विजयी

Read Time:3 Minute

कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल बरारीमा रोकिँदा अर्जेन्टिना विजयी भएको छ। बिहीबार राति भएको ब्राजिल इक्वेडरसँग १–१ को बराबरी रोकिँदा अर्जेन्टिनाले चिलीलाई २–१ले हरायो।

खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए ।

नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो कार्डको सामना गरे पनि भिएआरले उल्टाइदिएको थियो । रातो कार्डको निर्णय उल्टिएपछि इक्वेडरले पेनाल्टीको अवसर गुमायो ।

यद्यपि खेलमा दुवै टिमका एक(एक खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेलको १५औं मिनेटमा इक्वेडरका गोलकिपर एलेजेन्डर डोमिनग्वेज दोहोरो पहेँलो ९रातो० कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको पाँच मिनेटपछि नै ब्राजिलका इमरसन रोयल पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिएको थिए ।

ब्राजिलयन गोलकिपर एलिसनलाई रेफ्री विल्मार रोल्डनले खेलको १९औं र ९०औं मिनेटमा रातो कार्ड देखाए पनि भिएआरले उल्टाइदियो । ९०औं मिनेटमा एलिसनले दोस्रो पटक रातो कार्ड पाउँदा इक्वेडरले पेनाल्टीको अवसर पनि पाएको थियो तर भिएआरले एलिसनको रातो कार्डको निर्णय उल्टाउँदा इक्वेडर पनि पेनाल्टीबाट बन्चित भयो र ब्राजिल सम्भावित हारबाट जोगिएको थियो ।

अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।

यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ । विश्वकपका लागि छनोट भइसकेको अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । चिली १६ अंकसहित सातौं स्थानमा छ ।

छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा
Next post क्यानले परिमार्जन गर्‍यो ग्रेडिङ, कारबाहीमा परेका खेलाडी पनि समावेश, कुन खेलाडी कुन श्रेणीमा?
Close