इटली र स्वीडेनले घोषणा गरे युरोकपका लागि टिम

इटली र स्वीडेनले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेका छन् । इटालीले ३३ सदस्यीय प्रारम्भिक टिम घोषणा गर्दा स्वीडेनले २६ सदस्यीय टिम घोषणा घोषणा गरेको हो।

प्रशिक्षक रोबर्टो मान्सिनीले घोषणा गरेको ३३ सदस्यी प्रारम्भिक टिममा जियानलुइजी डोनारुमा, लियेनार्डो बोनुची, जर्जियो चिलिनी, जिभोभानी डि लोरेन्जो, अलेसान्ड्रो फ्लोरेन्जी, निकोलो बरेला, मार्को भेराटी, लोरेन्जो पेलेग्रेनी, आन्द्रेय बोलोटी, फेडेरिको कियसा, किरो इम्बोइल, मोइस केइन, लोरन्जो इन्सिग्नेलगायत छन्।

प्रशिक्षक मार्टिनेजले जुन १ मा २६ सदस्यीय टिम घोषणा गर्ने बताएका छन् ।

यसैगरी स्वीडेनका प्रशिक्षक जन्ने एन्डरसनले घोषणा गरेको टिममा फिलिप हेलन्डर, भिक्टर लिन्डेलोफ, इमिल फोर्सबर्ग, डेजन कुलसेस्की, अलेजेन्डर इशाक, मार्कस ड्यानीयस्नलगायत खेलाडी छन्।

जुन ११ देखि जुलाई ११सम्म युरोपका ११ विभिन्न शहरमा हुने युरोकपमा इटाली स्वीट्जरल्यान्ड, टर्की र वेल्ससँगै ग्रुपमा एमा छ। इटालीले जुन १२मा टर्की, जुन १७मा स्वीट्जरल्यान्ड र जुन २०मा वेल्ससँग खेल्छ।

स्वीडेन समूह इमा छ । यो समूहमा पोल्यान्ड, स्पेन, स्लोभाकिया रहेका छन्। स्वीडेनले जुन १५मा स्पेन, जुन १८मा स्लोभाकि र जुन २३ मा पोल्यान्डसँग खेल्ने छ।

Facebook Comments Box