अन्तर्राष्ट्रिय फुटबलफुटबल

अर्जेन्टिनाको सहज जित, उरुग्वे पराजित

सन् २०२६को विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ। मंगलबार राति भएको खेल अर्जेन्टिनाले बोलिभियामाथि ३–०को जित निकाल्यो।

१० खेलाडिमा समेटिएको बोलियामाथि अर्जेन्टिनालाई जित दिलाउन इन्जो फर्नान्डेस, टालिआफिगो र निकोलो गोन्जालेजले गोल गरे।

३१औं मिनेटमा फर्नान्डेसको गोलमा अर्जेन्टिनाले अग्रता लियो। ३९औं मिनेटमा बोलिभिया १० खेलाडीमा समेटियो। उसका रोबर्टो फर्नान्डेसले रातो कार्ड पाएका थिए।

४२औं मिनेटमा टालिआफिगोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। त्यसअपछि ८३औं मिनेटमा गोन्जालेसले गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए।

यस्तै, बुधबार बिहान भएको खेलमा उरुग्वे पराजित भएको छ। ऊ इक्वेडरसँग २–१ले पराजित भयो।

खेलमा उरुग्वेले सुरुआती अग्रता लियो । उसका अगुस्टिन कानोबिओले ३८औं मिनेटमा गोल गरेका थिए। ४५औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्यायो।

५१औं मिनेटमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न नसक्दा इक्वेडरले अग्रता लिने अवसर गुमायो । तर, ६१औं मिनेटमा फेलिक्सले नै गोल गरेपछि इक्वेडर २–१ले विजयी भयो।

यस्तै, अर्को खेलमा भेनेजुएलाले ९०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाराग्वेमाथि १–०को जित निकाल्दा चिली र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्।