विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात

एजेन्सी । विश्वकप छनोटमा ब्राजिलमा सानदार सुरुवात गरेको छ । शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा बोलिभियालाई ५–० ले पराजित गर्दै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा सादनर सुरुवात गरेको हो ।

ब्राजिलको जितमा रोबर्टो फिर्मिन्होले दुई गोल गरे भने मार्किन्हेस र फिलिप काउटिन्होले एक एक गोल गरे । ब्राजिलले एक आत्मघाति गोल उपहार पाएको हो ।

खेलको १६ औं मिनेटमा मार्किन्होस गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ड्यानिलोको क्रसमा हेडिङमार्फत गोल गरेका थिए । ३०औं मिनेटमा रोबर्टो फिर्मिन्हो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २–०मै सकियो । ५४औं मिनेटमा फिर्मिन्होले नेमारको पासमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । ब्राजिलले ६६ औं मिनेटमा आत्मघाति गोल उपहार पायो । काउटिन्होको क्रस रोक्ने क्रममा जोसे करास्कोले आफ्नो पोस्टमा गोल गरे ।

७३औं मिनेटमा काटिन्होले हेडमार्फत गोल गर्दै ब्राजिललाई ५–० को जित दिलाए । नेयमारले निकालेको क्रसममा काटिन्होले हेडिमार्फत गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP