जाभी भन्छन्– बार्सिलोनाको प्रशिक्षक बन्ने यो सही समय होइन

बार्सिलोनामा प्रशिक्षकमा रुपमा चर्चा चलिरहेका पूर्वखेलाडी जाभीले प्रशिक्षक बनेर बार्सिलोनाको प्रशिक्षक बन्न अहिले सही समय नभएको बताएका छन् । बार्सिलोनाको प्रशिक्षक बन्न प्रस्ताव आइरहेको उल्लेख गर्दै प्रशिक्षकका रुपमा बार्सिलोना फर्कन सही समय नभएका बताएका हुन् ।

बार्सिलोनाले यो सिजन खराब प्रदर्शन गरेपछि प्रशिक्षक परिवर्तनको चर्चा चलेको थियो । तर, रोनाल्ड कोम्यान नै एक सिजन प्रशिक्षकका रुपमा रहने पक्का भइसकेको छ।

जाभीलाई बार्सिलोनाको प्रशिक्षक बन्न दुई पटक प्रस्ताव भएको थियो तर स्पेनिस पूर्वखेलाडीले त्यसलाई अस्वीकार गरेका थिए । उनले बर्सिलोनालाई पटक पटक नो भन्न कठीन हुने पनि बताएका छन् ।

‘भाग्यवश वा दुर्भाग्यवश मैले बार्सिलोनालाई दुई पटक नो भनिसकेँ,’ जाभीले भनेका छन्, ‘निश्चय पनि यो निकै कठिन हो किनकि म बार्सिलोनाको फ्यान हुँ, तर यो सही समय होइन ।’ जाभीले जस्तो प्रस्ताव आउँछ त्यसको मूल्यांकन गरेर निर्णय बताउँदै उनले आफू अहिले हतारमा नरहेको पनि स्पष्ट पारे ।

जाभीले सन् २०१६मा बार्सिलोना छाडेर कतारी क्लब अल शाद गएका थिए । त्यहाँ तीन सिजन खेलाडीका रुपमा बिताएपछि उनी सन् २०१९मा अल शादकै प्रशिक्षक बनेका थिए ।

Facebook Comments Box