
डेम्बेलेलाई जाभीले दिए यस्तो थ्रेट ?
स्पेनिस क्लब बार्सिलोनाका स्ट्राकइर उसमान डेम्बेले अहिले चर्चामा छन् । सम्झौता सकिनै लाग्दा क्लब छाड्ने या सम्झौता नवीकरण गर्ने विषयमा मौन रहँदा डेम्बेले विवाद र चर्चामा आएका हुन्।
२४ वर्षीय फ्रेन्च स्ट्राइकर डेम्बेलेको बार्सिलोनामा सम्झौता सिजनको अन्त्यसँगै सकिँदैछ । जनवरी ट्रान्सफर विन्डो बाँकी छँदै क्लब छाड्ने या बस्ने विषयमा डेम्बेलेले निणर्य गरुन भन्ने बार्सिलोना चाहन्छ ।
यही विषयलाई लिएर बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले डेम्बेलेलाई चाँडो निर्णय गर्न भनिरहेका छन् । उनले दुई साताअघि दुई विकल्प मध्ये १ तत्काल छान्न डेम्बेलेलाई भनेका थिए। तर, डेम्बेल मौन छन्।
डेम्बेले चुप बसेपछि प्रशिक्षक जाभी रिसाएका छन् । उनले बुधबार मात्र डेम्बेलेका एउटा चेतावनी पनि दिए । प्रशिक्षक जाभीले डेम्बेलेका एजेन्ट मौसा सिसेकोलाई भेट्दै अब डेम्बेले बार्सिलोनामै बसेपनि खेल्न नपाउने चेतावनी थिए ।
जारी सिजन खराब प्रदर्शन गरिरहेको बार्सिलोना अहिले नयाँ खेलाडी भित्र्याउन खोजिरहेको छ। उसले लोनमा युभेन्ट्सका स्ट्राइकर अल्भारो मोराटालाई भित्र्याउन चाहेको छ, तर फाइनान्सियल फेयर प्लेका कारण उसले मोराटालाई दर्ता गराउन सक्ने छैन।