युरोकप छनोटमा स्पेनले फाराकिलो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा खेलमा अल्भारो मोटाराले ह्याट्रिक गरेपछि स्पेनले जर्जियामाथि ७–१को फराकिलो जित निकाल्यो।
खेलमा मोराटाका अलावा ड्यानी ओल्मो, निको विलियम्स र लामिन यामलले पनि गोल गरे । जर्जियाका जोर्गी चाक्वेटाड्जले गोल गरेका थिए।
खेलमा मोराटाले २२, ४० र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। ड्यानी ओल्मोले ३८, निको विलियम्सले ६८ औं मिनेटमा गोल गरेका थिए।
यस्तै, १६ वर्षीय यामलले ७४औं मिनेटमा गोल गरे। यामल डेब्यू खेलमै गोल गर्न सफल रहे। यो गोलसँगै उनी स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भने।
यस्तै, छनोटको अर्को खेलमा क्रोएसियाले लाट्भियामाथि ५–०को जित निकाल्यो। उसका ब्रुनो पेट्कोभिचले २ गोल गष्रे भने लुका इभानुसेच, आन्द्रे क्रामारिच र मारियो पसालिचले गोल गरे।