नेपाल सुपर लिगका सम्पूर्ण कमाई कोरोनाविरुद्ध लड्न सहयोग गर्न विराटनगरका प्रशिक्षक यान लको घोषणा

नेपाल पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीको मुख्य प्रशिक्षक बनेका भारतीय नागरिक यान लले सुपर लिगबाट प्राप्त सम्पूर्ण रकम कोरोना भाइरसविरुद्ध लड्नका लागि दिने घोषणा गरेका छन्।

प्रशिक्षक लले बिहीबार साँझ ट्वीट गर्दै नेपाल सुपर लिगबाट प्राप्त तलबसहितको सम्पूर्ण कमाई नेपाल र भारतको कोरोना भाइरसविरद्धको कोषामा दिने बताएका छन्।

भारतको आईलिगको टिमसमेत सम्हालिसकेका लको प्रशिक्षमा विराटनगरले उत्कृष्ट फुटबल खेलेको थियो। उत्कृष्ट फुटबल खेल्नका बाबजुद पनि विराटनगर प्लेअफमा पुग्न भने असफल भएको थियो। अन्तिम दुई खेलमा लगतार रुपमा पराजित भएपछि विराटनगर पहिलो चरणबाटै बाहिरिएको थियो।

Facebook Comments Box