अस्ट्रेलियाविरुद्ध नयाँ खेलाडीले मौका पाउने सम्भावना छः प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि खेल्न बाँकी रहेका युवा खेलाडीहरू पनि सामेल हुने सम्भावना रहेको बताएका छन्।

‘हो, यदि सबै सोचे अनुसार भयो भने उनीहरूले खेल्ने मौका पाउने छन्। मलाई थाहा छ अस्ट्रेलिया विरूद्ध खेल्न गाह्रो छ। तर उनीहरूले खेल्नु पनि निकै महत्वपूर्ण छ,’ अस्ट्रेलियाविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले भने।

यो पनि पढ्नुहोस्ः अस्ट्रेलियाविरुद्ध नतिजामा होइन प्रदर्शनमा जोड : अलमुताइरी

‘आशा छ हामी अस्ट्रेलियाविरूद्ध पनि फेरि राम्रो खेल खेल्ने छौं। हाम्रो खेल्ने शैलीमा सुधार आएको छ र हामीले नेपाली समर्थकहरुलाई खुशी पार्न सकेका छौं,’ उनले थपे।

नेपालले विश्वकप छनोटको आफ्नो अन्तिम खेल अस्ट्रेलियाविरुद्ध जाबर अल–अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार भोली (शुक्रबार) ९ः४५ बजे खेल्दैछ।

Facebook Comments Box