यी हुन्, विश्वकपमा गोल गर्ने कान्छा खेलाडी

रुसमा जारी २१ औं विश्वकपको समूह चरण नसकिँदै धेरै गोल भइसकेका छन् र केही रेकर्ड पनि बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने । त्यस्तै, फ्रान्सका किलियन एमबाप्पे पेरु विरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने फ्रान्सका सबैभन्दा कान्छा खेलाडी बने ।  सोही गोलले एमबाप्पेलाई विश्वकपमा गोल गर्ने १० औं कान्छा खेलाडी पनि बनायो । एमपाप्पेले अर्जेन्टिनाविरुद्धको खेलमा दुई गरेका छन् । सन् १९४० मा उरुग्वेबाट सुरु भएको विश्वकप रुससम्म आइपुगेको छ । यो अवधिमा गोल गर्ने केही कम उमेरका खेलाडी यस्ता छन् :

  मार्टिन हफम्यान (पूर्वी जर्मनी, १९ वर्ष २ महिना १५ दिन)
८ वर्ष पूर्वी जर्मनीको राष्ट्रिय टिमबाट खेलेका मार्टिन हफम्यानले १९७४मा पश्चिम जर्मनीले आयोजना गरेको विश्वपमा पहिलोपटक सभागीता जनाएका थिए । यो पूर्वी जर्मनीको एकमात्र विश्वकप सहभागीता हो । स्टाइकरको भूमिका खेल्ने हाफम्यानले अष्ट्रेलियाविरुद्धको खेलमा विश्वपमा डेब्युको मौका पाएका थिए । समूह चरणको दोस्रो खेलमा चिलीविरुद्ध उनले विश्वकपमा पहिलो गोल गरे । त्यतिबेला केबल १९ वर्ष २ महिना १५ दिनका मात्र थिए । उक्त खेल १–१को बराबरीमा टुंगिएको थियो । उनी विश्वकपमा गोल गर्ने कान्छो खेलाडीको सूचीमा १० नम्बरमा पर्छन् । हाफम्यानले पूर्वी जर्मनीका लागि ६२ खेलमा १५ गोल गरेका थिए ।

डिभोक ओरिगी (बेल्जियम, १९ वर्ष २ महिना ४ दिन)
२०१४ को ब्राजिल विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रातय गरेको बेल्जिमय टिममा स्टाइकरको भूमिकामा थिए, डिभोक ओरिगी । पहिलो पटक विश्वकप खेलिरहेका युवा स्टाइकर ओरिगीले समूह चरणको दोस्रो खेलमा रुसविरुद्ध गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । रुसविरुद्ध गोल गर्दा उनी १९ वर्ष २ महिना ४ दिनका मात्र थिए । विश्वकपमा गोल गर्ने कान्छा खेलाडीको सूचीमा ओरिगी नवौं स्थानमा छन् । राष्ट्रिय टिमबाट २२ खेल खेलेका ओरिगीले ३ गोल गरेका छन् । सन् २०१४ मा लिभरपुलमा आवद्ध भएका उनले लिभरपुलका लागि ५१ खेलमा १२ गोल गरेका छन् । अहिले ओरिगी लोनमा बुन्डेसलिगा क्बल उल्फस्बर्गमा आबद्ध छन् ।

जुलियन ग्रीन (अमेरिका, १९ वर्ष २५ दिन)
ब्राजिल विश्वकपअन्तर्गत १ जुलाई २०१४ मा अन्तिम १६ मा बेल्जियमविरुद्ध विश्वकपको पहिलो गोल गरेका अमेरिकाका जुलियन ग्रीन त्यतिबेला १९ वर्ष २५ दिनका मात्र थिए । उनी विश्वकपमा गोल गर्ने आठौं कान्छा खेलाडी हुन् । उक्त खेलमा अमेरिका २–१ पराजित भएको थियो । उमेर समूहको खेल जर्मनी राष्ट्रिय टिमबाट खेलका ग्रीनले अमेरिकी राष्ट्रिय टिमका लागि १० खेल खेल्दै ५ गोल गरेका छन् ।

लियोनल मेसी (अर्जेन्टिना, १८ वर्ष ११ महिना २३ दिन)
वर्तमान फुटबलका उत्कृष्ट मध्येका खेलाडी हुन् अर्जेन्टिनाका लियोनल मेसी । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्युको मौका पाएका थिए । समूहण चरणको दोस्रो खेलमा सर्भिया एन्ड मेन्टेनेग्रोविरुद्ध ७५ मिनेमा मैदान प्रवेश गरेका मेसीले डेब्यूमै गोल गरेका थिए । त्यतिबेला मेसी १८ वर्ष ११ महिना २३ दिनका मात्र भएका थिए । विश्वकपमा गोल गर्ने कान्छा खेलाडीको सूचीमा छैठौं नम्बरमा पर्छन् । उक्त खेलमा अर्जेन्टिना ६–० ले विजयी भएको थियो । राष्ट्रिय टिमका लागि १ सय ५६ खेलमा ६४ गोल गरेका मेसीले बार्सिलोनाका लागि ४ सय १८ खेलमा ३ सय ८३ गोल गरेका छन् । मेसी २०१४ को विश्वकपमा उत्कृष्ट खेलाडी भएका थिए ।

दिमित्री सेचेभ (रुस, १८ वर्ष ७ महिना १९ दिन)
‘रसियन माइकल ओभेन’ नामले परिचित स्टाइकर दिमित्री सेचेभ सन् २००२ मा पहिलो पटक विश्वकप खेल्ने मौका पाएका थिए । गति, गति र दिशा बदल्न सक्ने क्षमता र फिनिसिङ क्षमताका कारण उनी ‘रसियन माइकल ओभेन’ का नाममले परिचित छन् । ट्युनिसियाविरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका सेचेभले समूह चरणको अन्तिम खेलमा बेल्जियमविरुद्ध ३४ औं मिनेटमा मैदान प्रवेश गर्दै विश्वकपको पहिलो गोल गरे । त्यो गोलसँगै सेचेभ विश्वकपमा सानो उमेरमा गोल गर्ने पाचौं खेलाडी बनेका थिए । उनले राष्ट्रिय टिमका लागि ४७ खेल खेल्दै १५ गोल गरेका छन् ।

निकोलेइ कोभाक्स (रोमानिया, १८ वर्ष ७ महिना)
सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपमा पेरुविरुद्ध गर्दै निकोलेई काभाक्स विश्वकपमा गोल गर्ने कान्छा खेलाडी बनेका थिए । तर अहिले उनी कान्छा खेलाडीको सूचीमा चौथो नम्बरमा पर्छन् । त्यतिबेला उनको उमेर १८ वर्ष १७ महिना थियो । उक्त खेलमा रोमानिया ३–१ले विजयी भएको थियो । रोमानिया र हंगेरीको राष्ट्रिय टिमबाट खेलेका कोभाक्सले १९२९ देखि १९३८ सम्म रोमानियाका लागि खेल्दै ३७ खेलमा ६ गोल गरे भने हंगेरीबाट एक खेल खेल्दै १ गोल गरेका छन् ।

माइकल ओभेन, (इंग्ल्यान्ड, १८ वर्ष ६ महिना ८ दिन)
फ्रान्समा हुने १९९८ को विश्वकपका लागि घोषणा गरिएको इंग्लिस टिममा पर्नु अघि नै आफूलाई भविष्यका स्टारका रुपमा हेरिएको थियो । फ्रान्सबाटै विश्वकप यात्रा सुरु गरेको ओभेनले कान्छो खेलाडीका रुपमा गोल गर्ने रेकर्ड पनि बनाए । उनले समूहण चरणको दोस्रो खेलमा रोमानियाविरुद्ध गोल गर्दै सो रेकर्ड बनाएका हुन् । तर, उक्त खेलमा इंग्ल्यान्ड २–१ ले पराजित भएको थियो । त्यतिबेला उनी १८ वर्ष ६ महिना ८ दिनका थिए । लिभरपुल, रियल म्याड्रिड, म्यान्चेस्टर युनाइटेड, न्युकास्टल युनाइटेड र स्टोक सिटीबाट व्यवायिक फुटबल खेलेका उनले ४ सय ८२ खेलमा २ सय २२ गोल गरेका छन् भने राष्ट्रिय टोलीका लागि ८९ खेलमा ४० गोल गरेका छन् ।

म्यानुअल रोस्सा (मेक्सिको, १८ वर्ष ३ महिना २ दिन)
पहिलो विश्वकपमा सहभागी मेक्सिकोका म्यानुअल रोस्साले दुई रेकर्ड बनाए । विश्वकपमा पेनाल्टीमा गोल गर्ने पहिलो खेलाडी र विश्वकपमा गोल गर्ने कान्छा खेलाडीको रेकर्ड उनले आफ्नो नाममा लेखाए । अर्जेन्टिनाविरुद्धको खेलमा ४२ औं मिनेटमा गोल गर्दै दुवै रेकर्ड आफ्नो लेखाएका थिए । त्यसबेला उनी १८ वर्ष ३ महिना २ दिनका मात्र भएका थिए । उक्त खेलमा मेक्सिको ६–३ ले पराजित भएको थियो । त्यही खेलमा अर्को रेकर्ड पनि बन्यो । अर्जेन्टिनाका गुइलेर्मो स्टाविलले खेलको ८, १७ र ८० औं मिनेटमा गोल गर्दै विश्वकपको पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाए ।

पेले (ब्राजिल, १७ वर्ष ७ महिना २७ दिन)
विश्वकपमा सबैभन्दा सानो उमेरमा गोल गर्ने रेकर्ड विश्व फुटबलका सर्वकालिन खेलाडी ब्राजिलका पेलेको नाममा छ । सन् १९५८ मा भएको विश्वकपमा वेल्सविरुद्ध गोल गर्दै पोले सो रेकर्ड कामय गरेका थिए । त्यति बेला उनी १७ वर्ष ७ महिना २७ दिनका मात्र दिए । उक्त खेलमा ब्राजिल १–० ले विजयी भएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका
छन् । त्यसैगरी उनले क्लब करिअरमा ६ सय ९४ खेलमा ६ सय ५० गोल गरेका छन् । पेले विश्वकप उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी हुन्, उनले सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *