सिजनको अन्त्यसँगै जिदानले रियल छाड्ने

प्रशिक्षक जिनेदिन जिदानले सिजनको अन्त्यसँगै रियल मड्रिड छाड्ने भएका छन् । जिदानले क्लब छाड्ने विषयमा क्लबका पदाधिकारी र खेलाडीहरुलाई जानकारी गराइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

सन् २०१९ मा जित दोस्रो पटक रियलको प्रश्क्षिक बनेका छन् । उनी सान्टीयागो सोलारीको स्थानमा प्रशिक्षक बनेका थिए ।

यो सिजन रियलको प्रदर्शन एकसानको हुन सकेको छैन । अधिकांक खेलमा आफ्ना पहिले रोजाई खेलाडीलाई चोटका कारण गुमाएको रियलको यो सिजन ला लिगा जित्ने सम्भावना मात्र बाँकी छ। यो सिजन रियलका खेलाडीले ६३ बढी चोट बोकेका थिए।

रियलले आजा राति एथ्लेटिको बिल्बाओसँग खेल्दै छ भने सिजनको अन्तिम खेल मे २३मा भिल्लारियलसँग खेल्दै छ। रियलले यी दुवै खेल जित र एट्लेटिको मड्रिडले १ खेलमा अंक गुमाए रियल च्याम्पियन बन्नेछ।

दोस्रो कार्यकालमा जिदानले अघिल्लो सिजन रियललाई ला लिगा उपाधि दिलाएका थिए । जिदानले २०१६ देखि १८ सम्म रियलको प्रशिक्षका रुपमा काम गरेका थिए ।

रियलमा ५ सिजन बिताउँदा उनले ३ च्याम्पियन्स लिग र २ ला लिगा, २ युएईएफए सुपरकप, २ क्लब विश्वकप र २ स्पेनिस सुपरकप जिताएका छन् ।

जिदान क्लब छाड्ने भएसँगै रियलको नयाँ प्रशिक्षकमा पूर्वखेलाडी तथा बी टिमका प्रशिक्षक राहुल, मासिमिलिआनो एलेग्री र जोचिम लोको चर्चा चल्न थालेको छ।

Facebook Comments Box