जिदानको दुखेसो– रियलले आफूमाथि विश्वास नै गरेन

केही दिनमा अघि मात्र प्रक्षिकबाट राजिनामा दिएका जिनेदिन जिदानले रियलले आफूमाथि विश्वास गर्न छाडेको राजिनामा दिनु परेको बताएका छन्। सोमबार क्लब, खेलाडी र समर्थकका नाममा खुला पत्र खेल्दै जिदानले क्लबले आफूमाथि विश्वास गर्न नसकेको दुःखेसो गरेका हुन्।

सन् २०१९मा दोस्रो पटक रियलको प्रशिक्षक बनेका जिदानको नेतृत्वमा रियलले सन् २०२०–२१ को सिजन कुनै पनि उपाधि जित्न सकेन। जिदानले सन् २०१६ देखि २०१८ बीच पनि क्लब सम्हालेका थिए ।

‘क्लबले मलाई विश्वास गर्न छाडेको थियो, त्यसैले मैले क्लब छाड्न् निर्णय गरेँ । छोटो वा लामो समयको योजना बनाउन प्रशिक्षकलाई क्लबको विश्वास हुनुपर्छ । म विश्व फुटबल राम्रोसँग बुझ्छु र रियलजस्तो क्लबमा केही जित्न सकिएन भने छाड्नुबाहेक अर्को विकल्प हुन्न,’ उनले खुला पत्रमा लेखेका छन्।

‘म जित्नकै लागि खेल्ने र प्रशिक्षण दिनेमा पर्छु । म रियलका पनि उपाधि जित्नकै लागि प्रशिक्षक नियुक्त भएको हुँ,’ उनले थपेका छन्, तर यो भन्दा ठूलो कसैको भावना र जीवन हुने गर्छ । रियलका यस्ता तथ्यको कुनै अर्थ छैन । रियलले यस्तो भावना बुझ्ने प्रयास नै गर्न सकेन ।’

Facebook Comments Box