हाजार्डले स्पेनिस सुपर कप पनि गुमाउने

रियल म्याड्रिडका बेल्जियन स्टार मिडफिल्डर इडेन हाजार्डले स्पेनिस सुपर कप गुमाउने भएका छन् । अघिल्लो महिना कुर्कुचामा चोट बोकेका हाजार्ड आगामी साता साउदी अरेबियामा हुने सुपर कप गुमाउने रियलका प्रशिक्षक जिनेदिन जिदानले पुष्टी गरेका छन् ।

शनिबार राति हुने गेटाफेविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक जिदानले भनेका छन्, ‘हाजार्ड हामीसँग साउदी भ्रमणमा जाने छैनन, उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । जब हामी साउदीबाट फर्कने छौं, तब उनी हामीसँगै हुने विश्वास छ ।’

हाजार्ड च्याम्यिन्स लिगको समूह चरणअन्तर्गत पिएसजीविरुद्धको खेलमा घाइते भएका थिए । सो खेलमा ६७ औं मिनेटमा घाइते हुँदै हाजार्डले मैदान छाडेका थिए । बेल्जियमकै थोमस मुनियरको ट्याकलमा हाजार्डको कुर्कुचामा चोट लागेको थियो ।

जनवरी ९ मा हुने सुपर कपको सेमिफाइलनमा रियलले भ्यालेन्सियाको सामाना गर्ने छ भने १० जनवरीमा बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्ने छन् । स्पेनिस फुटबल फेडेसेसनले यसैसिजन देखि सुपर कपको फम्र्याट परिवर्तन गरेको हो । ला लिगाका शीर्ष २ र कोपा डेल रेका फाइनलिस्ट २ टिमले अब सुपर कप खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *