जिदानले छाडे रियल, रियलले भन्यो– जिदान हाम्रा लेजेन्ड हुन्

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब मुख्य प्रशिक्षकबाट राजिनामा दिएका छन् । जिदानले क्लबसँगको सहमतिमै क्लब छाड्ने निर्णय गरेका हुन्।

रियलले बिहीबार एक विज्ञप्ति जारी गर्दै जिदानले सहमति मै क्लब छाडेको उल्लेख गरेको छ। रियलका सफल प्रशिक्षक मध्येका एक जिदानले यो सिजन उपाधिबिहीन बनेपछि क्लब छाडेका हुन्। उनको सम्झौता अवधि अझै एक वर्ष बाँकी थियो।

यो सिजन रियल ला लिगामा दोस्रो स्थानमा रहेको थियो भने च्याम्पियन्स लिगमा पनि चेल्सीसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । ११ वर्षपछि रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएको हो।

रियलले जिदानको निर्णलाई स्वागत गर्ने उल्लेख गरेको छ । रियलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यो उनले क्लबका लागि प्रतिनिधित्व गर्ने उनको छवी र व्यक्तित्त्वका लागि तथा यतिका वर्षसम्मको उनको व्यावसायिकता, लगनशीलता र तदारुकताको सम्मान गर्दै उनले लिएको निर्णयको सम्मान गर्ने समय हो ।’

‘जिदान रियल मड्रिडका महान लेजेन्डमध्येमा पर्छन् । उनको लेगेसी उनले प्रशिक्षक र खेलाडीका रूपमा हासिल गरेको उपलब्धीभन्दा धेरै ठूलो छ’, विज्ञप्तिमा भनिएको छ, ‘उनलाई अवगत छ कि उनले रियल मड्रिडका फ्यानहरुको मनमा सधैंका लागि स्थान पाइसकेका छन् र रियल मड्रिडमा उनले सधैं आफ्नो ‘घर’ पाउनेछन् ।’

जिदान सन् २०१९मा दोस्रो पटक रियलको प्रशिक्षक बनेका थिए। जिदानका पहिलो कार्यकालमा रियल जति सफल भयो दोस्रो कार्यकालमा भने त्यति भएन । पहिलो कार्यकालमा ३ च्याम्पियन्स लिगसहित ८ उपाधि जितताएका उनले दोस्रो कार्यलमा २ उपाधि मात्र जिताए । उनको पहिलो कार्यकालमा रियललले ७० प्रतिशत खेल जितेको थियो भने दोस्रो कार्यमालमा ६० प्रतिशत मात्र ।

जिदानले राजिनामा दिएसँगै रियलको नयाँ प्रशिक्षकमा रियलकै पूर्वखेलाडी तथा बी टिमका प्रशिक्षक राहुल र भर्खरै इन्टर मिलान छाडेका एन्टोनियो कोन्टेको चर्चा छ । यसअघि रियलको रियलको प्रशिक्षक बन्ने चर्चा चलेका मासिमिलिआनो एलेग्रीले भने युभेन्ट्ससँग सम्झौता गरेको बताइएको छ । तर, आधिकारीक घोषणा भने भएको छैन ।

Facebook Comments Box