एट्लान्टालाई हराउँदै रियल च्याम्पियन्स लिगको अन्तिम ८ मा

स्पेनिस जाइन्ट रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम ७मा प्रवेश गरेको छ। अन्तिम १६को दोस्रो लेगमा मंगलबार घरेलु मैदानमा भएको खेलमा इटालिनय क्लब एन्ट्लान्टामाथि ३–१को सहज जित निकाल्दै रियल क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

पहिलो लेगमा १–०को जित निकालेको रियलले एट्लान्टामाथि सामग्रमा ४–१को जित निकाल्लो। यो जितसँगै रियल सर्वाधिक ३६ पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको छ। रियलभन्दा पछि बार्यन म्युनिख ३० पटक अन्तिम ८ पुगेको छ ।घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरे भने एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए।

३४औं मिनेटमा बेन्जिामाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा ७० गोल गरेका बेन्जिमा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्नैको सूचीमा पाँचौं स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (१३४), लियोन मेसी (११९), रोबर्ट लेवान्डोस्की (७२) र राहुल (७१) छन्।

६०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो । भिनिसियस जुनियरलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रामोसले गोल गरेका थिए। ८३औं मिनेटमा एट्लान्टाका लुइसले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.