एसी मिलानका स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोविचले ४१ वर्षको उमेरमा फुटबलबाट संन्यास लिएका छन्। यससँगै उनको सफल फुटबल खेल जीवनमा पूर्णविराम लागेको छ।
इटालीको सिरी ए मा मिलानको अन्तिम खेलसँगै इब्राहिमोविचले खेलजीवन टुंग्याउने घोषणा गरेका हुन्। उनलाई भेरोनाविरुद्धको खेलमा घरेलु मैदानमा गार्ड अफ अनर दिइएको थियो।
सन् १९९९मा माल्कोबाट व्यसायिक फुटबल थालेका उनले सन् २०२३मा २४ वर्ष लामो खेल जीवन अन्त्य गरे।
युरोपका अधिकांश चर्चित क्लबबाट खेलेका उनले ८६६ खेल खेल्दै ५ सय ११ गोल गरेका छन्। उनले इटालीकै युभेन्ट्स, इन्टर मिलानबाट पनि खेलेका छन् भने उनले इंग्लिस क्लब म्यान्चेस्टर युनायटेड, स्पेनिस क्लब बार्सिलोना, फ्रेन्च क्लब पिएसजी र अमेरिकन क्लब एलए ग्यालेक्सीबाट पनि खेलेका छन्।

२४ वर्ष लामो फुटबल करिअरमा उनले ३४ उपाधि जितेका छन्। तर, उनी च्याम्पियन्स लिग उपाधि जित्न भने असफल भए । पछिल्लो समय चोटबाट सताइएका उलने यो जिन ४ खेल मात्र खेल्न सके।
सन्न्यासको घोषणा गर्दै इब्राहोभिचले भने, ‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन।’ उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।
‘मेरो लागि अहिले धेरै भावनाहरू छन्। फोर्जा मिलान र गुडबाइ। पहिलो पल्ट म यहाँ आउँदा तपाईंहरुले मलाई खुशी दिनुभयो, दोस्रो पटक माया,’ उनले भनेका छन्, ‘तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो। म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु।’
