इब्राहिमोभिचले युरोकप नखेल्ने

स्वीडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले युरोकप नखेल्ने भएका छन् । घुँडामा लागेको चोटका कारण जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकप भेट्रान स्ट्राइकर इब्राहिमोभिचले नखेल्ने भएका हुन्।

गत मार्चमा सन्यास फिर्ता लिँदै ५ वर्षपछि उनी स्वीडेनको टिममा फर्किएका थिए । स्वीडेन फुटबल संघले इब्राहिमोभिचले चोटका कारण युरोकप खेल्न नसक्ने बताएको छ ।

प्रशिक्षक एन्डरसनले यो दुवैका लागि दुःखद रहेको बताए । भने, ‘निश्चय नै यो दुःखद हो, विशेषगरी ज्लाटनको लागि तर हाम्रो लागि पनि । मलाई आशा छ उनी जतिसक्दो चाँडो मैदानमा फर्कनेछन् ।’

इटालियन सिरी ए अन्तर्गत मे ९ मा युभेन्ट्सविरुद्धको खेलमा इब्राहिमोभिचलाई चोट लागेको थियो । एसी मिलानले ३(० ले जितेको उक्त खेलमा उनी ६६ मिनेटपछि मैदान सब्सिच्युट भएका थिए ।

सन् २००१ मा डेब्यु गरेका उनले स्वीडेनका लागि ११६ खेल खेलेका छन् । उनी स्वीडेनका सर्वाधिक गोलकर्ता समेत हुन् । उनले राष्ट्रिय टिमका लागि ६२ गोल गरेका छन् ।

Facebook Comments Box