युईएफएले इब्राहिमोभिचलाई तिरायो ५० हजार युरो जरिवाना

युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले इटालियन क्लब एसी मिलानका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिचलाई ५० हजार युरो जरिवाना तिराएको छ। बेटिङ कम्पनीमा लगानी गरेको पाइएपछि युइएफएले इब्राहिमोभिचलाई जरिवाता तिराएको हो।

माल्टाको बेटिङ वेबसाइट ‘बेटहार्ड’मा इब्राहिमोभिचको १० प्रतिशत लगानी रहेको युइएफएले जनाएको छ। युइएफएले इब्राहिमोभितसँगै उनको क्लब एसी मिलानलाई समेत २५ हजार जरिवाना तोकेको छ।

इब्राहिमोभित आगामी सिजनको अन्त्यसम्म एसी मिलानमा रहेन छन् । उनले अघिल्लो सातामात्र क्लबसँग १ वर्षको सम्झौता नवीकरण गरेका थिए । उनी सन् २०१९मा अमेरिक क्लब एलए ग्यालेक्सीबाट दोस्रो पटक एसी मिलान आएका थिए ।

बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स, म्यान्चेस्टर युनाइटेड, पिएसजी लगायतका क्लबबाट खेलिसकेका ४० वर्षीय इब्राहिमोभिचले एसी मिलानमा दुई पटक गरी १३२ खेल खेल्दै ८४ गोल गरेका छन्।

Facebook Comments Box