कोनमेबोलको निर्णयमा नेमारको आपत्ती, गरे व्यंग्यात्मक टिप्पणी

Read Time:2 मिनेट

ब्राजिलियन स्टार नेमारले दक्षिण अमेरिकी फुटबलको नियामक निकाय (कोनमेबोल) ले ब्राजिलकै अर्का खेलाडी ग्रेबिएल जिजसलाई कोपा अमेरिकामा लगाएको प्रतिबन्धको आलोचना गरेका छन्।

नेमारले सामाजिक सञ्जालमार्फत् जिजसलाई लगाइएको प्रतिबन्धका बारेमा लेख्दै कोनमेबोलको आलोचना गरेका हुन्। कोनमेबोलको निर्णयले आफुलाई दुःखी बनाएको पनि नेमारले उल्लेख गरेका छन्।

‘यस्तो निर्णय गर्ने व्यक्तिहरुको मातहतमा रहनु निकै दुःखको कुरा हो,’ नेमारले इन्स्टाग्रामको स्टोरीमा लेखेका छन्।

‘उनीहरुले खेलको राम्रो विश्लेषण गरे। हामीले उनीहरुलाई बधाई दिनैपर्छ,’ उनले व्यांग्यात्मक रुपमा थपेका थिए।

कोपा अमेरिका अन्तर्गत चिलीविरुद्धको क्वाटरफाइनल खेलका क्रममा जिजसले रातो कार्ड पाएका थिए। रातो कार्ड पछि उनलाई कोनमेबोलले दुई खेलको प्रतिबन्ध समेत लगाएको थियो।

जिजसले उफ्रेर बल कन्ट्रोल गर्न खोज्दा चिलिका इयुजिनियो मिनालाई छातीमा फ्लाइङ किक हानेका थिए। उनलाई रेफ्रिले तत्काल रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए। १० खेलाडीमा सिमित भएपनि ब्राजिलले चिलिविरुद्ध जित हात पार्न सफल भयो।
जिजसले पनि कोनमेबोलले लगाएको दुई खेलको प्रतिबन्धको आलोचना गरेका थिए। ‘दुई खेलको प्रतिबन्ध। अपील पनि गर्न नापइने। बधाई छ कोनमेबोल। मलाई लाग्छ तपाईंहरुले के भएको थियो भनेर देख्न सक्नुभएन,’ जिजसले पनि इन्स्टग्राममा लेखेका थिए।

रातो कार्डका कारण जिजसले पेरुविरुद्धको सेमिफाइनल गुमाएका थिए भने प्रतिबन्धका कारण अर्जेन्टिनाविरुद्धको फाइनलपनि गुमाउने भएका छन्।

ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको उपाधिका लागि आइतबार बिहान ५ः४५ बजे भिड्दैछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन फुटसल लिग साउन तेस्रो साताबाट
Next post रियल मड्रिड छाडेर पिएसजी पुगे लेजेन्डरी डिफेन्डर रामोस
Close