
ब्राजिल भर्सेस अर्जेन्टिना : हेड टु हेड
फुटलबका महशाक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना अहिलेसम्म १ सय भन्दा बढी पटक आपसमा भीडेका छन् । यी दुई टिमले अहिलेसम्म ११४ पटक आपसमा प्रतिस्पर्धा गरेका छन्। तीमध्ये ४१ खेलमा ब्राजिल विजयी हुँदा ३८ खेल अर्जेन्टिनाले जितेको छ। यी दुईबीचका २६ खेल बराबरीमा सकिएको छ। यी दुई बीचको भिडन्तमा ब्राजिलले १६३ गोल गोल अर्जेन्टिनाले १६० गोल गरेको छ।
अन्तिम पटक यी दुई टिम सन् २०१९ को नेभेम्बर ५ मा भिडेका थिए । सो खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो। सो खेलमा मेसीले निर्णायक गोल गरेका थिए । ब्राजिल र अर्जेन्टिना पहिलोपटक सन् १९१४ मा भिडेका थिए । यी दुई बीचको फराकिलो नतिजा ६–१ को हो । सन् १९४० मा ब्यूनस आयसमा भएको खेलमा अर्जेन्टिनाले जितेको थियो।
यस्तै, कोपा अमेरिकामा भने अर्जेन्टिना बलियो छ। यी दुई बीच भएका ३१ भीडन्तमा अर्जेन्टिनाले १४ खेल जित्दा ब्राजिलले ९ खेल जितेको छ। ८ खेल भने बराबरीमा सकिएको छ। अर्जेन्टिनाले १४ कोपा उपाधि जित्दा ब्राजिलले ९ उपाधि जितेको छ।