चेल्सीको च्याम्पियन यात्रा

Read Time:1 Minute

अल इंग्लिस फाइनलमा म्यान्चेस्टर सिटीलाई १–०ले पराजित गर्दै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जित्यो । सिजनको सुरुवातमा खराब प्रदर्शन गरेपछि चेल्सीले प्रशिक्षक फ्रांक लाम्पार्टलाई बर्खास्त गर्दै थोमस टुचललाई टिमको जिम्मा थियो।

जनवरीमा टुचलले टिम सम्हालेपछि चेल्सीले लय समात्यो, र चेल्सीले क्बल फुटबलको सबैभन्दा ठूलो ट्रफी च्याम्पियन्स लिग जित्यो । यो उपाधि यात्रामा चेल्लीले डिफेन्समा गज्जबको खेल खेल्यो । उसले प्रतियोगिताभर ४ गोल मात्र खायो । डिफेन्सको मुख्य केन्द्रमा भेट्रान थिएगो सिल्भा र गोलकिपर इडवार्ड मेन्डी रहे ।

डिफेन्ससँग चेल्सीले पनि उत्तिकै गर्‍यो । उसले विपक्षीको पोस्टमा २३ गोल गरेको थियो । उसका लागि ओलिभर जिरुडले सर्वाधिक ६ गोल गर्दा टिमो वेर्नरले ४ गोल गरे । चेल्सीको च्याम्पियन यात्रामा मेसन माउन्ट र काइ हार्भेट्जको भूमिका उत्तिकै रह्यो। यी दुई सेमिफाइनल र फाइनलमा महत्वपूर्ण भूमिका खेलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिगमा बढुवा
Next post कमिन्सले आईपिएलका बाँकी खेल नखेल्ने
Close