
सबैखेल™ युरोकप २०२० टिम अफ द टुर्नामेन्ट
युरोकपको १६औं संस्करण सकिएको छ। फाइनलमा इंग्ल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इटालीले विश्वफुटबलमा आफ्नो पुनरागमनको हुंकार गरेको छ। तर, फुटबलको जन्मदाता इंग्ल्यान्ड भने फेरि पनि रित्तै हात हुन पुग्यो।
समग्रमा युरोकप २०२० रोमाञ्चक रह्यो। केही दाबेदार देशहरु सुरुतिरै घर फर्किए भने केही अन्डरडग टिमहरुले सुन्दर फुटबल खेलेर अनपेक्षित नतिजा निकाल्दै ठूला भनिएका टिमलाई पराजित गरेर सबैको मन जित्न सफल भए।
युरोपका फुटबल महाशक्तिहरुबीचको यो प्रतिस्पर्धामा केही खेलाडीले अपेक्षाकृत रुपमा उत्कृष्ट प्रदर्शन गरे, केही नयाँ खेलाडीको उदय भयो भने केही आशा गरिएका खेलाडीको प्रदर्शनले निराश बनायो।
यहाँ हामीले विभिन्न पोजिसनबाट खेल्ने उत्कृष्ट खेलाडी सम्मिलित युरोकपको ‘टिम अफ द टुर्नामेन्ट’ छनोट गरेका छौं। केही खेलाडी तपाईंले सोचेझैं यहाँ अटाएका होलान्, तपाईंले मनपराएका केही खेलाडीले स्थान पाउन नसकेका पनि होलान्।

युरोकप २०२० मा तपाईंको उत्कृष्ट ११ खेलाडी कोको थिए त? कोही छुट्यो कि?