
यी स्टार खेलाडी जसले विश्वकप हेर्दा बिहेको २४ दिनमै श्रीमती गुमाए
अहिले अघिकांश फुटबल प्रेमीको ध्यान कतारले तानेको छ। पुरै विश्व विश्वकपमा झुमिरहेको बेला वर्तमान र पूर्व फुबटलरलाई यसले नछुने कुरै भएन।
पाँच पटकको च्याम्पियन ब्राजिलका पूर्वस्टार फुटबलर एड्रियाना पनि विश्वकपको मजाइ लिइरहेका छन्। २४ दिनअघि मात्र वैवाहिक जीवनमा बाँधिएका ४० वर्षीयले विश्वपक हेरिरहेका छन्।
उनले समूह चरणको स्वीट्जरल्यान्डविरुद्धको खेल पनि हेरे। सो खेल रियो दि जेनेरियाको भिला क्रुजेइरोमा साथीहरुसँग हेरेका थिए। त्यसका लागि २ दिन घरबाहिर रहेरका थिए।
तर, उनले त्यसको महँगो मूल्य चुकाउनु परेको छ। विश्वकप हेरेकै कारण एन्ड्रियानोले २४ दिनमै श्रीमती छाड्नु परेको छ।
२ दिन घरबाट वेपत्ता भएर विश्वकप हेरेपछि मिकाएला मेस्क्युटाले एन्डियानोसँग सम्बन्ध विच्छेद गरेकी छिन्।
एड्रियानोको परिवारले केही दिनपछि नै धुमधामसँग विवाह सेलेब्रेसन गर्ने योजना बनाएको थियो। तर, २४ दिनमै सम्बन्ध विच्छेद भएपछि सो कार्यक्रम रद्द भएको छ।
सन् २००० देखि २०१० सम्म ब्राजिललका लागि खेलेका उनले ४८ खेलमा २७ गोल गरेका थिए। उनले इटालियन क्लब इन्टर मिलान, पार्मा, रोमा ब्राजिलियन क्लब फ्लेमेङ्गो, कोरन्थियस, साउ पाओलोबाट व्यवसायिक फुटबल खेलेका छन्।