
मेसीले विश्वकप जितुन् भन्दै हेटौंडामा हवन, भगवानले सुन्लान् त फ्यानको पुकार?
Read Time:1 Minute
कतारमा जारी विश्वकप २०२२ को फाइनलमा आज अर्जेन्टिना फ्रान्ससँग भिँड्दैछ। सबैजना आफुलाई मनपर्ने टिमको समर्थन गर्दै जितको कामना गर्दैछन्।
तर, नेपालमा भने एक युवकले अर्जेन्टिनाको जितका लागि हवन नै लगाएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्बिरमा देखिएका युवक हेटौंडाका हुन्। मेसी र अर्जेन्टिनाका फ्यान रहेको ती युवकले पण्डित बोलाएर र मण्डप नै बनाएर हवन गरेका हुन्।
अर्जेन्टिनाले नेपाली समयअनुसार राती ८ः४५ बजे फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। उत्कृष्ट फर्ममा रहेका दुवै टिमबीचको फाइनल खेल निकै रोमाञ्चक हुनेछ।
तर, नतिजा कस्तो आउनेछ र भगवानले हवन गर्ने ति युवकको पुकार सुन्नेछन् कि छैनन् भनेर थाहा पाउन चाहिँ फुलटाइम नै पर्खिनुपर्ने हुन्छ।
तपाईंलाई के लाग्छ? कसले जित्ला विश्वकप? के मेसी यसपटक विश्वच्याम्पियन बन्न सक्लान्?