मेसी बने विश्वकपकै सर्वोत्कृष्ट खेलाडी

Read Time:1 Minute

कतारमा आयोजित विश्वकप २०२२ मा अर्जेन्टिनाका लियोनल मेसीले ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड जितेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले ‘गोल्डेन बल’ जित्न सफल भए।

अर्जेन्टिनाको कप्तान समेत रहेका मेसीले जारी विश्वकपमा कैयौं नयाँ रेकर्ड बनाए भने धेरै रेकर्ड समेत तोड्दै विश्वकप नै जित्न सफल भएका छन्। उनले विश्वकपमा पोल्यान्डविरुद्धको समूहचरणको एउटा खेलमा बाहेक हरेक खेलमा गोल गरेका थिए।

विश्वकपमा उनले खेलेका कुल ७ खेलमा ७ गोल गर्दै ३ असिस्टसमेत गरेका थिए। कुशल कप्तानी र उत्कृष्ट प्रदर्शन गरेका मेसीले विश्वकपको सर्वोत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जितेको यो दोस्रोपटक हो।

यसअघि सन् २०१४ को विश्वकपमा पनि मेसीले गोल्डेन बल जितेका थिए।

Happy
Happy
75 %
Sad
Sad
10 %
Excited
Excited
10 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
5 %
Previous post स्कोलानी बने विश्वकप जित्ने कान्छो प्रशिक्षक
Next post फाइनलमा ह्याट्रिक गर्दै एम्बाप्पेले जिते गोल्डेन बुट
Close