नेपालमा इपिएल खेलेका सुबाेध भाटीले बनाए टि–२० क्रिकेटमा दोहोरो शतकको कीर्तिमान

नेपालमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलेका भारतीय क्रिकेटर सुबोध भाटीले टि–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्।

सन् २०१७मा ललितपुर प्याट्रिओट्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेलेका भाटीले टि–२० क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

दिल्लीमा भएको ‘क्लब टि–२० टुर्नामेन्ट’मा युवा ब्याट्सम्यान भाटीले ७० बलमा नटआउट २०५ रन बनाउँदै टि–२० क्रिकेट प्रतियोगितामा दोहोरो शतक बनाउने कीर्तिमान लेखाएका हुन् । टि–२० क्रिेकटमा भाटीको यो दोस्रो दोहोरो शतक हो। उनी टि–२० क्रिकेटमा दोहोरो शतक बनाउने एकमात्र खेलाडी हुन्।

यसअघि उनले सन् २०१८मा टि–२० क्रिकेटको पहिलो अर्धशतक बनाएका थिए । त्यो बेला उनले ५७ बल खेल्दै २१ चौका र १ छक्काको सहयोगमा २०७ रन बाएका थिए। त्यतिखेर उनको टिमले विपक्षीलाई ३२९ रनको लक्ष्य दिएको थियो।

दिल्ली ११का लागि सिम्बाविरुद्ध ओपनिङमा आएका भाटी ७९ बल खेल्दै समान १७ छक्का र चौका प्रहार गर्दै २०५ रन बनाएका थिए । उनको स्ट्राइकट रेट २५० भन्दा बढी थियो। उनले १७ बलमै शतक बनाउनँदै टि–२० क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

भाटीको उत्कृष्ट ब्याटिङ मद्दतमा दिल्ली दिएको २५७ रनको लक्ष्य पछ्याएको सिम्बा १७.५ ओभरमा १९९ रनमै अलआउट भएको थियो।

Facebook Comments Box