इरानलाई हराउँदै अमेरिका अन्तिम १६मा, बाहिरियो इरान

Read Time:1 Minute

अमेरिका कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति अल थुमाम रंगशालामा भएको खेलमा इरानलाई १–०ले हराउँदै अमेरिकाले नकआउटमा स्थान पक्का गरेको हो।

यो जितपछि ४ अंक जोडेको अमेरिका समूह बीबाट दोस्रो हुँदै अन्तिम १६ पुग्यो। अब अमेरिकाले अन्तिम १६मा समूह एको विजेता नेदरल्यान्ड्सको सामाना गर्ने छ।

यता, बराबरी मात्रै गरेपछि नकआउट पुग्ने खेलमा पराजित भएपनि इरान भने प्रतियोगिताबाट बाहिरिएको छ। ३ अंक जोडेको इरान सामूहमा तेस्रो भयो।

खेलमा अमेरिकालाई जित दिलाउन क्रिस्टियन पुलुसिचले निर्णायक गोल गरे । उनले ३८औं मिनेटमा सर्जिनो डेस्टको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा गोल नहुँदा अमेरिका विजयी भयो।

सन् २००६मा समूह चरणबाटै बाहिरिएको अमेरिका त्यसपछि लगातार तीन पटक नकआउट पुग्न सफल भएको छ। उ सन् २०१०, २०१४ र २०२२ मा नकआउट पुग्ग सफल भयो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रास्फोर्ड प्रेरित इंग्ल्यान्ड नकआउटमा
Next post मेसीको अर्जेन्टिना लेवान्डोस्कीको पोल्यान्डसँग भिड्दै, को पुग्ला नकआउट ?
Close