
एक हजारौं खेलमा मेसीको सानदार गोल, अर्जेन्टिना क्वार्टरफाइनलमा
करिअरको एक हजारौं खेल खेलिरहेका सुपर स्टार लियोनल मेसीले सानदार प्रदर्शन गरेका छन्। मेसीले सानदार प्रदर्शन गर्दै गोल गरेपछि अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मेसीप्रेरित अर्जेन्टिनाले शनिबार राति भएको खेलमा अस्ट्रेलियामाथि २-१को जित निकाल्यो। खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे।
खेलको ३५औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। यो गोलसँगै मेसीले करिअलमा दुई सफलता हात पारे। पाँचौं विश्वकप खेलिरहेका मेसीको यो नकआउटमा पहिलो गोल हो।
यस्तै, यो गोलसँगै विश्वकपमा कुल ९ गोल गरेका गरेका मेसीले लिजेन्ड डिएगो म्याराडोनाको कीर्निमानी तोडे। म्याराडोनाले विश्वकपमा ८ गोल गरेका थिए। अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानबाट मेसी २ गोल मात्र टाढा छन्। उनी भन्दअघि १० गोल गरेको ग्याब्रिअल बाटिस्टुटा छन्।
पहिलो हाफमा १ गोलको अग्रता लिएको अर्जेन्टिनालाई ५७औं मिनेटमा अल्भारेजले २-०को अग्रता दिलाए। उनले अस्ट्रेलियन गोलकिपरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
७७औं मिनेटमा इन्जो फर्नान्डेसले आत्मघाती गोल गरेपछि अस्ट्रेलियाले खेलमा फर्कने प्रयास गरेको थियो। उसले त्यसपछि अर्जेन्टिनामाथि दबाब बनाउँदै आक्रमण बुनेको थियो । तर, गोल हुन नसक्दा अर्जेन्टिना क्वार्टरफाइनल पुग्यो।
अब उसले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सको सामाना गर्नेछ। नेदरल्यान्ड्स अमेरिकालाई हराउँदै क्वार्टरफाइनल पुगेको हो।
मेसीले गरे नकआउटको पहिलो गोल, तोडे म्याराडोनाको रेडर्क
अर्जेन्टिनी कप्तान लियोनल मेसीले विश्वकप फुटबलको नकआउट चरणमा पहिलो गोल गरेका छन्। पाँचौं विश्वकप खेलिरहेका मेसीले शनिबार राति अन्तिम १६मा अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपको नकआउटमा पहिलो गोल गरेका हुन्।
करिअरको १ हजार खेल खेलिरहका मेसी विश्वकपका २२ खेल खेल्दा नकआउटमा गोल गर्न असफल थिए। मेसीले अस्ट्रेलियाविरुद्ध ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई गोल गरेका थिए।
यो मेसीको जारी विश्वकपको तेस्रो गोल हो भने विश्वकपको नवौं गोल हो । योसँगै मेसीले अर्जेन्टिना महान खेलाडी डिएगो म्यारानाडोको रेकर्ड तोडे। विश्वकपमा म्याराडोनाले ८ गोल गरेका थिए।
विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन मेसी अब २ गोल मात्र पछि छन्। उनीमध्य अघि १० गोल गरेका ग्याब्रिअल बाटिस्टुटा छन्।