मेसी पेनाल्टीमा चुक्दा पनि अर्जेन्टिना समूह विजेता बन्दै नकआउटमा

Read Time:1 Minute

अप्रत्यासित हारबाट प्रतियोगिताको सुरुआत गरेको अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। जित्नै पर्ने दबाबमा रहेको समूहको अन्तिम खेलमा कप्तान लियोनल मेसीले पेनाल्टी चुकाए पनि पोल्यान्डलाई २–०ले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो।

पोल्यान्डलाई हराएर समूह विजेता बनेको अर्जेन्टिनाले सहज प्रतिद्वन्द्वी पाएको छ। अब उसले नकआउट समूह डीको उपविजेता अस्ट्रेलियासँग खेल्नेछ ।

यता, हारका बाबजुद पनि पोल्यान्ड दोस्रो हुँदै नकआउट चरण पुग्यो। अब उसले नकआउटमा समूह डीको विजेजा फ्रान्ससँग खेल्नेछ।

खेलमा अर्जेन्टिनाले पोल्यान्डमाथि निरन्तर दबाब बनायो। लियोनल मेसीले गोलको सुन्दर अवसर गुमाउँदा पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लियो अवसर गुमायो। ३९औं मिनेट प्राप्त पेनाल्टीमा मेसीका प्रहार पोल्यान्डका गोलकिपर वेज्याक सेजेनीले रोकेका थिए।

तर, दोस्रो हाफको पहिलो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । दोस्रो हाफ सुरु भएको १ मिनेट पनि नबित्दै मार्क एलिस्टरले गोल गरे। यो उनको अन्र्तराष्ट्रिय करिअरको पहिलो गेल हो।

६७औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाए। यो पटक इन्जो फर्नान्डेसको पासमा जुलियन अल्भारेजले गोल गरे। त्यसपछि गोल नहुँदा अर्जेन्टिना विजयी भयो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फ्रान्सलाई हराउँदा पनि नकआउट पुग्न सकेन ट्युनिसिया
Next post जितेको मेक्सिको र हारेको साउदी दुवै बाहिरिए
Close