
मेसी र डि मारियाको गोल, पहिलो हाफमा अर्जेन्टिनालाई २–०को अग्रता
Read Time:1 Minute
कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाले उत्कृष्ट सुरुआत गरेको छ। लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्समाथि २–०को अग्रता लिएको छ।
अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी र एन्जल डि मारियाले गोल गरे। २३औं मिनेटमा मेसीले अर्जेन्टिनालाई पेनाल्टीमा अग्रता दिलाए। डि मारियालाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्।
यो मेसीको प्रतियोगिताको छैठौं गोल हो। यो गोलसँगै उनी गोल्डने बुटको बलियो दाबेदार बनेका छन्।
यस्तै, ३६औं मिनेटमा काउन्टरमा मार्क एलिस्टरको पासमा डि मारियाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले २–०को अग्रता लियो।
यो खेलसँगै मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन्। उनले ५ विश्वकपमा २७ खेल खेलका छन्।