नकआउट पुग्ने पहिलो एसियन टिम बन्यो अस्ट्रेलिया

Read Time:2 Minute

अस्ट्रेलिया कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो एसियन देश बनेको छ। अल जनोब स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कमाथि १-०को जित निकाल्दै अस्ट्रेलिया नकआउट चरण पुगेको हो।

विश्वकपमा सहभागी ६ एसियन टिममध्ये आयोजक कतार र इरान बाहिरिसकेका छन् भने जापान, दक्षिण कोरिया र साउदी अरेबियाको नकआउट सम्भावना बाँकी छ।

अस्ट्रेलिया समूह डीको उपविजेता बन्दै नकआउट पुगेको हो। यो समूहमा उसले २ जित निकाल्दै ६ अंक जोड्यो। उ फ्रान्ससँग गोलअन्तरमा पछि पर्दै दोस्रो भएको हो। यता, डेनमार्क भने प्रतियोगिताबाट बाहिरियो।

अन्तिम १६मा अब अस्ट्रेलियाले सीको विजेतासँग खेल्नेछ। अस्ट्रेलियो दोस्रो पटक नकआउट चरणमा पुगेको हो। यसअघि उ सन् २००६ मा पनि नकआउटमा पुगेको थियो।

डेनमार्कविरुद्ध अस्ट्रेलियालाई जित दिलाउन म्याथु लुकेइले गोल गरे। पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा ६०औं मिनेटमा लुकेइले गोल गरेको थियो। त्यसपछि गोल नहुँदा अस्ट्रेलिया विजयी भयो।

समूहको पहिलो खेलमा ४ वा ४ भन्दा बढी गोल आएका नकआउट पुग्ने अस्ट्रेलिया तेस्रो टिम बन्यो । यसअभि यस्तो उपलब्धि युगोस्लाभिया र युक्रेनले हासिल गरेका थिए।

यता, डेनमार्क विश्वकपको समूह चरणबाटै बाहिरिएको यो दोस्रो पटक हो। यसअघि उ सन् २०१०मा पनि समूह चरणबाटै बाहिरिउको छ। उसले समूहमा लागतार दुई खेल हारेको भने यो पहिलो पटक हो।

Happy
Happy
36 %
Sad
Sad
9 %
Excited
Excited
27 %
Sleepy
Sleepy
9 %
Angry
Angry
0 %
Surprise
Surprise
18 %
Previous post विश्व टेबलटेनिस छनोटमा नेपाली घरको साथ
Next post फ्रान्सलाई हराउँदा पनि नकआउट पुग्न सकेन ट्युनिसिया
Close