अस्ट्रेलियालाई चामत्कारिक प्रदर्शनको आश, सचेत अर्जेन्टिना

Read Time:4 Minute

कतार विश्वकपको अन्तिम १६ को दोस्रो खेलमा आज एसियन पवार हाउस अस्ट्रेलियाले उपाधि दाबेदार अर्जेन्टिनाको सामाना गर्दैछ। यो खेल अहमद बिन अली स्टेडियममा राति १२ः४५ बजे हुने छ।

चामत्कारिक प्रदर्शन गर्दै नकआउट पुगेको अस्ट्रेलिया त्यस्तै प्रदर्शन गर्दैै पहिलो पटक क्वार्टरफाइनलमा पुग्ने दाउमा छ। यता, अन्तिम पटक आफ्नो नेतृत्वमा टिमलाई उपाधि दिलाउन प्रयास गरिहेका लियोनल मेसीको टिम अर्जेन्टिनासँग सचेत छ।

दुवै टिमले प्रतियोगिता हारबाट सुरुआत गरेका थिए । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासिप रुपमा २–१ पराजित भएको थियो, त्यसपछि मेक्सिको र पोल्यान्डलाई समान २–०ले हराउँदै उ समूह विजेता बनेको थियो।

यता, पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग ४–१ले पराजित भएको अस्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसिया र डेनमार्कमाथि समान १–०को जित निकाल्दै उपविजेताका रुपमा नकआउट पुगेको हो।

फुटबलले पाएको एक महान् खेलाडी मेसीको विश्वकपबाट बिदाइ कस्तो किसिमले हुने हो भन्ने यात्राको बाटो पनि हो अस्ट्रेलियासँगको प्रतिस्पर्धा । किनभने ३५ वर्षीय मेसीले आफ्नो करिअरको अन्तिम विश्वकप यही भएको बताइसकेका छन् । त्यसैले विश्वकप जित्ने पाँचौंपल्टको प्रयासमा उनी अस्ट्रेलियालाई पराजित गर्दै अगाडि बढ्न चाहन्छन् ।

डेनमार्कलाई १–० ले पन्छाउँदै समूह ‘डी’ उपविजेता रूपमा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनालाई चुनौती दिने स्थितिमा आइपुगेको हो । पहिलाजस्तै उत्कृष्ट खेलाडीको समूह नभए पनि अस्ट्रेलियाले दिएको त्यस खालको नतिजाबाट अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी सचेत छन् ।

मेसी नै अर्जेन्टिनाका मुख्य हतियार हुन् । पूरा खेलमा छाउन नसकेको अवस्थामा पनि उनी कुनै बेला ५–१० सेकेन्डमै खेलको पासा पल्टाउन सक्ने खुबी भएका खेलाडी हुन् । त्यसैले उनलाई रोक्न प्रशिक्षक ग्राहम आर्नोल्डको टिमलाई टाउको दुखाइ हुनसक्छ ।

अन्तरमहादेशीय छनोटमा अस्ट्रेलियाले दक्षिण अमेरिकी टिम पेरुलाई पेनाल्टी शुटआउटमा हराएर विश्वकपमा स्थान बनाएको थियो । उक्त प्लेअफ गत जुन महिनामा कतारकै अहमद बिन अली रंगशालामा जितेको थियो । अस्ट्रेलियाले अर्जेन्टिनाविरुद्ध पनि उही रंगशालामा प्रतिस्पर्धा गर्दै छ । अस्ट्रेलियाको हतियार टिम गेम हो।

विश्वकपमा पहिलोपल्ट यी दुई टिम भिड्न लागेका हुन्। समग्रमा भने यी दुईले ७ खेल खेलेका छन्, जसमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने अस्ट्रेलियाले एक खेलमा सफलता पाएको छ ।

पछिल्लोपल्ट मेलबर्नमा भएको मैत्रीपूर्ण खेल (सन् २००७) मा पनि अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० ले पराजित गरेको थियो ।

Happy
Happy
80 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नकआउटको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै
Next post ब्राजिललाई धक्का, विश्वकपबाट बाहिरिए ब्राजिलियन स्ट्राइकर जेसुस
Close