
ब्राजिलियन प्रशिक्षक टिटे भन्छन्, ‘हाम्रो सेलिब्रेसन अरुलाई अपमान गर्न होइन, गोलको खुसी मात्र हो’
ब्राजिलियन टिमका मुख्य प्रशिक्षक टिटेले ब्राजिलियन टिमको सेलिब्रेस शैलीको बचाउन गरेका छन्। गोलपछि पेन्गुइन शैलीमा डान्स गरेर खुसी साट्ने ब्राजिलियन टिमको सेलिब्रेशन शैलीको खुबै आलोचना भएपछि प्रशिक्षक टिटेले यो सेलिब्रेसन विपक्षीको अपमान गर्न नभएको बताएका छन्।
उनले यो शैली ब्राजिलियन फुटबलको विशेषता भएको उनले बताएका छन्। ‘हामी यस्तो सेलिब्रेसन गरेर विपक्षी टिमको अपमान गर्न खोजेका होइनौं, हामीले गोलको खुसी मात्र बनाउको हौं। यो ब्राजिलियन फुटबलको विशेषता पनि हो।’
दक्षिण कोरियाविरुद्ध रिचार्लिसनले गोल गरेपछि प्रशिक्षक टिटले पनि खेलाडीसँगै ‘पेन्गुइन डान्स’ गर्दै खुसी मनाएका थिए। त्यसपछि आलोचित बनेका थिए।
‘यो हाम्रो फुबटलको विशेषता, हामीले त्यसलार्य अपनाउन खोजेका हौं। हाम्रा युवा खेलाडी छन् र उनीहरूसँग मैले पनि नजिक हुनुपर्छ,’ टिटेले भने। आफूले गरेको बाचा पुरा गर्न रिचार्लिसनसँग चानेको बताएका छन्।
‘मैले ट्रेनिङमा एकदिन रिचार्लिसनलाई तिमीले गोल ग¥यौं भने म नाच्छु भनेको थिएँ। मैले खेलाडीलाई पनि नाच्न भनेको थिएँ। म त्यसको गलत अर्थ नलागोस् र गोलको खुसीको रूपमा मात्रै त्यसलाई बुझियोस् भन्ने चाहन्छु,’ उनले भने।
त्यो नाच विपक्षी टिम र पाउलो बेन्टोलाई अपमान गर्न भएको पनि उनले स्पष्ट पारेका छन्। टिटले कोरियान प्रशिक्षक बेन्टोलाई धेरै सम्मान गर्ने पनि बताएका छन्।