
क्रोएसियाले राेक्न सक्ला ब्राजिलकाे खतरनाक आक्रमण ?
कतार विश्वकपमा आजबाट क्वार्टरफाइलनका खेलहरु सुरु हुँदैछ। पहिलो क्वार्टरफाइलनमा ५ पटकको च्याम्पियन ब्राजिल र गत संस्करणको फाइनलिस्ट क्रोएसिया भीड्दै छन्।
राति ८ः४५ बजे एजुकेशन सिटी मैदानमा ब्राजिल र क्रोएयिया मैदानमा उत्रँदा यो भीडन्तलाई ब्राजिलको आक्रमण विरुद्ध क्रोएसियाको मिडफिल्डका रुपमा पनि लिन सकिन्छ ।
किनभने ब्राजिल कतार विश्वकको सबैभन्दा आक्रामक टिम हो । उससँग रिचार्लिसन, भिनिसियस जुनियर, नेमार, राफिन्हा छन्, र उनीहरुलाई रिप्लेस गर्ने बेन्च पनि उत्तिकै बलियो । जसमा रोड्रिगो, एन्टोनी, ग्याब्रियल मार्टिनेली र पोड्रो छन्।
ब्राजिलको यो खतरानाक आक्रमण टिमसँग स्क्रिकको कुनै कमी छैन्, त्यो उनीहरुको ‘जिन’मै छ । सँगै पेस पनि उत्तिकै छ । यो पेश र स्किलको समीश्रण युक्त ब्राजिलाको आक्रमणलाई निस्तेज पार्न क्रोएसियाको डिफेन्स निकै सजग र चुस्त हुनुपर्ने छ।

यता, क्रोएसियाले ब्राजिललाई हराउन सक्छ भने मिडफिल्डको बलमा मात्रै । किनभने क्रोएसियान टिमको निकै बलियो छ, सँगै क्रिएटिभ र अनुभावी पनि । क्रोएसियन टिमको केन्द्र मिडफिल्ड हो, त्यसलाई भेट्रान लुका मोड्रिचले नेतृत्व गर्छन् । उनलाई मेटियो कोभासिच र मार्सेलो ब्रोजोभिचको साथ छ।
रियल मड्रिडका स्टार मोड्रिच करिअरको उत्तरार्धतिर छन्, तर मैदानको उनको जोश र उनले निकाल्ने सटिक पासमा जोशको कुनै कमी छैन। चेल्लीका कोभासिच क्रिएटिभ र डिफेन्सिभ दुवैमा पोख्त छन् । इन्टर मिलान स्टार ब्रोजोभिच भने डिफेन्सिभ मिडफिल्डका रुपमा आफ्नो भूमिका निभाइरहेका छन्।

अन्तिम १६मा दक्षिण कोरियाविरुद्ध ब्राजिलले सुरुआतदेखि नै अक्रामण खेल खेलेको थियो। र, उसले पहिलो हाफमै ४ गोलको अग्रत लिएको थियो। दोहाको स्टेडियम ९७४ मा ब्राजिलको प्रदर्शन कतिसम्म राम्रो रह्यो भने यस ब्राजिली टिमको तुलना सन् १९७० को पेले र सन् १९८२ को सोक्रेटसको टिमसँग तुलना हुन थालेको छ । तर ब्राजिलको यस्तो प्रदर्शन एकै खेलमा मात्र सम्भव भएको छ ।
अब ब्राजिलले सन् २०१८ को उपविजेता क्रोएसियाको एजुकेसन सिटी स्टेडियममा सामना गर्दा यत्तिकै आकर्षक फुटबल खेल्न सक्न कठिन हुनेछ । टोलीका लागि जित नै पर्याप्त हुन सक्नेछ अनि यसका लागि भरपूर मिहिनेत गर्नुपर्नेछ ।
क्रोएसियाले चार वर्षअघि फाइनल यात्रा तय गरेको थियो, त्यसैले यो अहिले पनि कम्तीको टिम होइन । त्यतिबेला टोलीले लगातार तीन खेलमा अतिरिक्त समय पुगेर जित निकालेको थियो । यसपल्ट पनि जापानविरुद्ध क्रोएसिया टाइब्रेकरमा विजयी रहेको थियो । यसपालि पनि क्रोएसिया पूर्णतः लुका मोड्रिचमा केन्द्रित छ ।

सन् २०२० युरोकप च्याम्पियनसिपपछि २० मध्ये दुई खेलमा मात्रै क्रोएसिया पराजित भएको छ । फिफा वरीयताको पहिलो स्थानमा रहेको ब्राजिलको चुनौती सामना गर्न क्रोएसियालाई चुनौती हुनेछ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिल क्रोएसियालाई हराउँदै सन् २०१४ पछि अन्तिम चार स्थान सुरक्षित गर्ने दाउमा छ । प्रशिक्षक टिटेले आफ्नो आक्रामक खेललाई अझै प्रभावशाली बनाउने योजना बनाएका छन् ।

ब्राजिल क्रोएसियाविरुद्ध पछिल्लो चार भेटमा अपराजित छ । सन् २०१८ मा ब्राजिल २–० ले विजयी भएको थियो । क्रोएसियाले बोर्न सोसा र जोसिप स्टानिसिस चोटपछि गुमाउनेछ । बोर्ना बारिसिक लेफ्ट ब्याकमा निस्कनेछन् । लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, माटेओ कोभासिकबाट क्रोएसिया ठूलो आशा गर्दछ । थिअगो सिल्भाको कप्तानीमा रहेको ब्राजिलले ग्राबियल जेसुस र एलेक्स टेलसलाई चोटका कारण गुमाउनेछ ।