नेमारविनै स्वीट्जरल्यान्डसँग भिड्दै ब्राजिल

Read Time:3 Minute

छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यसहित कतार पुगेको विश्व नम्बर एक ब्राजिलले आज समूहको दोस्रो खेल खेल्दै छ। सर्बियाविरुद्ध २–०को जित निकाल्दै प्रतियोगिताको सुरुआत गरेको ब्राजिलले आज राति ९ः४५ बजे स्वीट्जरल्यान्डको सामना गर्ने छ।

सर्बियाविरुद्ध प्राप्त जितले उत्साहित टिटेको टिम ब्राजिल चोटका कारण आफ्ना स्टार खेलाडी उपलब्ध नहुँदा केही दुःखी छ । सर्बियाविरुद्धको खेलका क्रममा कुुर्कुचामा लागेको चोटका कारण नेमारले स्वीट्जरल्यान्डविरुद्धको खेल गुमाएका हुन् ।

चोटपछि नेमारले पुरै प्रतियोगिता नै गुमाउने आशंका गरिएको छ। तर, गहन उपचारमा संलग्न रहेका उनी समूह चरणपछि मैदान फर्कने विश्वास गरिएको छ।

ब्राजिली प्रशिक्षक टिटेले सर्बियाविरुद्धको खेललगत्तै नेयमरले प्रतियोगिताकै क्रममा खेल्न सक्षम हुने बताएका थिए । अहिले तिनै प्रशिक्षक ३० वर्षीय खेलाडीको खेल्न सम्भावनाबारे बचेर बोलिरहेका छन् । उनी नेयमर मात्र होइन, राइट ब्याक डानिलोले खेल्न नखेल्नेबारे दाबी गर्न सकिरहेका छैनन् ।

स्टेडियम ९७४ मा हुने खेलमा ब्राजिल र स्विट्जरल्यान्ड दुवै जितका लागि मैदान उत्रने छन्। किनभने जितले दुवैको नकआउटमा स्थान सुरक्षित गराउने छ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने छ।

स्वीट्जरल्यान्डविरुद्ध ब्राजिलको टिममा केही परिवर्तन हुने निश्चित छ । प्लेमेकरको भूमिका रहेका नेमारको स्थानमा टिटेले रोड्रिगो अथवा ब्रुनो गुइमेरेजलाई खेलाउने सक्ने छन् भने डानिलोको स्थानमा ड्याली अल्भेस अथवा इडर मिलिटाओ खेल्ने सम्भावना छ।

ब्राजिलका रिचार्लिसन पनि स्विट्जरल्यान्डका लागि चुनौती बन्नेछ, जसले पहिलो खेलमा क्यामरुनविरुद्ध दुई गोल गरेका थिए। रिचार्लिसनले ब्राजिलका लागि ३९ खेलमा खेलमा १९ गोल गरिसकेका छन्। उनी ब्राजिलका लागि विश्वकपको डेब्यु खेलमा नै दुई गोल गर्ने आठौं खेलाडी हुन्। पछिल्ला सात खेलमा उनले ब्राजिलका लागि ९ गोल गरेका छन्। त्यस कारण पनि स्विस टोलीको ठूलो चुनौती हुन्।

स्विस टोली पहिलोपटक विश्वकपमा लगातार दोस्रो जित निकाल्दै देशका लागि कीर्तिमान बनाउन चाहन्छ। यो अभियानमा ब्रिल इम्बोलो, जद्रान सकिरी र ग्रानिट जासाकाको भूमिका महत्वपूर्ण हुनेछ।

यही समयको अर्को खेलमा आज ३ः४५ बजे सर्बिया र क्यामरुन पनि भिड्ने छन्। दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्। पहिलो खेलमा सर्बिया ब्राजिल र क्यामरुन स्वीट्जरल्यान्डसँग पराजित भएको थियो।

Happy
Happy
19 %
Sad
Sad
63 %
Excited
Excited
13 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
6 %
Previous post क्यानडामाथि क्रोएसियाको सानदार जित, बाहिरियो क्यानडा
Next post पोर्चुगल भर्सेस उरुग्वे अर्थात् रोनाल्डो भर्सेस सुआरेज
Close