२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा

Read Time:2 Minute

अफ्रिकन मुलुलक सेनेगल २० वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति कतारस्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको समूहको अन्तिम खेलमा इक्वेडरमाथि २-१ को जित निकाल्दै सेनेगल दुई दशकपछि नकआउटमा पुगेको हो।

समूह एमा २ जितसहित ६ अंक जोडेको सेनेगल समूहमा दोस्रो हुँदै नकआउटमा पुगेको हो। उ सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा अन्तिम १६ पुगेको थियो।

अब उसले अन्तिम १६मा मा समूह बीको विजेतासँग खेल्नेछ। यता, इक्वेडर भने समान १ जित, बराबरी र हारसहित ४ अंक जोडेपछि नकआउटमा पुग्न सकेन।

खेलमा सेनेगललाई जित दिलाउन इमाइल सार र कालिडोउ कोलिबालीले गोल गरेका थिए। इक्वेडरका मोइस काइसेडोले गोल गरेका थिए।

खेलमा अग्रता पनि सेनेगलले नै लियो । उसका सारले ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिाले हाफ १-०मै सकियो।

तर, ६७औं मिनेटमा इक्वेडरले बराबरी गोल फर्काउँदै नकआउट पुग्ने सम्भावनालाई बलियो बनायो । त्यसको तीन मिनेट पछि नै सेनेगलले फेरि खेलमा अग्रता लियो। यो पटक कप्तान कोलिबालीले गोल गरे। त्यसपछि गोल नहुँदा सेनेगल विजयी भयो।

खेलमा बल पोजेसनमा इक्वेडर हावी भयो । उसले ६२ प्रतिशत बल पोजेसन बनाउँदै ९ सट प्रहार गर्दा ४ सट अन टार्गेट थियो । सेनेगलले १४ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती र प्रदेशको जित
Next post शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स अन्तिम १६मा, कतार तीनै खेलमा पराजित
Close